यो हो १५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर


एजेन्सी। भारतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ । जसका कारण यसलाई सर्व तीर्थम सरोवरको नाम दिइएको छ । यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको बताइएको छ । ३०० करोड खर्चिएर यो मन्दिर बनाएको हो ।

यो संसारकै एक मात्रै मन्दिर हो । जुन सुनै सुनले बनाइएको छ । १०० एकड क्षेत्रफलमा फैलिएको यो मन्दिरको वरीपरी हरियाली छ । २००७ मा बनेको यो मिन्दरमा संसारभरका लाखौ श्रद्धालु आउने गरेका छन् ।

यो पनि – यो हो विश्वकै सुरक्षित घर, जसलाई परमाणु बमले समेत केहि गर्न सक्दैन !

एजेन्सी । एउटा यस्तो घर छ, जसलाई परमाणु बमले समेत कुनै असर गर्न नसक्ने दावी गरिएको छ । पोल्याण्डको राजधानी वार्सामा बस्ने एकजना व्यक्तिले निकै सुरक्षित घर बनाउने योजना बनाए । त्यसका लागि उनले पोल्याण्डको चर्चित आर्किटेक्चर र्फम केडब्ल्यूके प्रोम्ससँग सम्पर्क गरे र आफुलाई अधिकतम सुरक्षित घर चाहिएको बताए । उनको माग अनुसार कम्पनीले यस्तो घर बनाइदियो जसले सबैलाई चकित पारिदियो ।

केडब्ल्यूके प्रोम्सले उक्त घर बनाउने कुरालाई एक चुनौतिको रुपमा लियो र आफ्ना ग्राहकको माग भन्दा पनि बढि सुरक्षित घर तयार गरिदियो । यो घरले अहिले दुनियाकै सबैभन्दा सुरक्षित घरको ताज पहिरिन सफल भएको छ । यो घरको सबैभन्दा ठूलो विशेषता के छ भने एक बटन दबाउँदा बित्तिकै यो घर तल-माथि, अघि-पछि सबैतिरबाट कंक्रिटका पर्खालले बन्द हुन्छ । त्यसरी छोपिँदा यो घर कुनै बन्द किल्ला जस्तो देखिन्छ । जब यो घर एकपटक बन्द भएपछि लाखौँ कोसिस गर्दापनि यो घरभित्र कोहीँ छिर्न सक्दैन । यो घरमा छिर्नका लागि केवल दोश्रो तल्लामा बनेको पुलको प्रयोग गर्नु पर्दछ ।

त्यो पनि घरको मालिकले चाहेमा मात्र । कम्पनीका अनुसार यो मजबुत तथा सुरक्षित घरको भित्री दृश्य पनि निकै सुन्दर छ । घरबाहिर एक स्विमिङ्ग पुल पनि छ । यद्यपि यो स्विमिङ्ग पुललाई छोप्न सकिँदैन । कंक्रिटका अलावा धातुको शटरले यो घरलाई अझै बढी सुरक्षित बनाएको छ । यो घर पूर्ण रुपमा बन्द भएपछि यसलाई परमाणु बमले पनि कुनै असर नपार्ने दावी गरिएको छ ।

यो पनि – पत्याउनु हुन्छ ? यी युवतीले सुन्दर अनुहार बनाउन नियमित पिउँछिन् कुकुरको पिसाब !

एजेन्सी । हाम्रो नेपाली समाजमा परम्परागत रुपमा गाईको पिसाबलाई पबित्र मानेर खाने चलन छ । तर कुकुरको पिसाब पनि अमृत सरह बन्न थालेको पाइएको छ । अमेरिकाकी एक महिलाले आफ्नो अनुहारमा भएको दागहरु हटाउनको लागि आफुले घरमा पालेको कुकुरको पिसाब नियमित पिउँदै आएको खुलासा भएको छ । ती युवतीले कुकुरको पिसाबबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारमा भएको नराम्रो दाग समेत हटेको दाबी गरेकी छन् ।

उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?’ त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई सनक्क पिउँछिन् । एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए ।’

कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ क्याल्सियम लगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ । प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा थियो । तर आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन ।

प्रतिक्रिया दिनुहोस