हुम्लाको विकट गाउ लिमीमा फोर–जी टावर निर्माण हुँदै


हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएकोछ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् । लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाले भन्नुभयो, “जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए । अब पूरा हुने भएको छ ।” उहाँका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो ।

टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण सिम्रीक एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो ।

यो पनि – २३ वर्षपछि झ¥यो पहिरो,सिङ्गो बस्ती नै प्रभावित

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा २३ वर्षपछि चुरे पहाडको पहिरो झरेर सिङ्गो बस्ती नै प्रभावित पारेको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण आइतबार बिहानदेखि बस्तीमाथि रहेको चुरे पहाडबाट खसेको पहिराले त्यस क्षेत्रका तीन दर्जनभन्दा बढी घरमा क्षति भएको छ । आज बिहानैदेखि परेको वर्षाका कारण थप सात घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिराले स्थानीय तुलसा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, ईश्वरा पाण्डे, रोशन राणा, अम्मर विक र सीता थकालीको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । चुरे पहाडबाट झरेको लेदोसहितको पहिरो त्यस क्षेत्रका अन्य धेरै घरमा पसेर क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रको पहिराले बुटवलका मुख्य सडकमा र बजार क्षेत्रसम्म बगेको छ । लेदो माटोसहितको पहिरो बजार क्षेत्रमा बगाएर ल्याएकाले लक्ष्मीनगर, गोलपार्क क्षेत्रमा आवागमनमा समस्या भएको छ भने बिजुलीका पोलमा क्षति पु¥याएको छ । पहिराबाट मानवीय क्षति भने नभएको र मानवीय क्षति हुन नदिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले स्थानीयलाई नजिकै रहेको बुटवल बहुमुखी क्याम्पसमा सारेर अस्थायी रूपमा बस्ने व्यवस्था मिलाएको र जनधनको क्षतिबाट जोगिन आफन्तका घरमा आश्रय लिएका छन् । उहाँले बुटवल उपमहानगरपालिका हँुदै बग्ने तिनाउ र दानव नदीले नगरका वार्ड नं ११ का बुद्धनगर, वार्ड नं १६ को बैठौलिया, १५ को विभिन्न क्षेत्रमा नदी कटान, सडक, पुलमा क्षति पु¥याएको बताउनुभयो ।

सो क्षेत्रमा विसं २०५५ भदौ २० गते चुरे पहाडको पहिरो खसेर ५७ घरमा क्षति पु¥याएको थियो । उक्त पहिराले त्यस क्षेत्रको बस्ती नै विस्थापित भएको थियो । विस्तारै पहिरो खस्नेक्रम रोकिँदा स्थानीय बासिन्दाले घर बनाएर बस्न थालेपछि बस्ती पुनः स्थापित भएको हो । यस्तै बुटवल उपमहानगरपालिका–२ पूर्वपश्चिम राजमार्ग क्षेत्रको जितगढी, पाखापानीमा राजमार्गमाथिको चुरे पहाडबाट खसेको पहिराले राजमार्ग क्षेत्रमा क्षति पु¥याएको छ । सो क्षेत्रमा गत महिनादेखि लगातार पहिरो झर्ने क्रम नरोकिएको र पहिराका कारण सडक छेउका बस्ती निकै जोखिमपूर्ण रहेका छ ।

यो पनि – अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए । मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो पनि – अफगानिस्तानबाट उद्धार भएका आठ जना काठमाडौँमा

अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले शनिबार त्यहाँबाट उद्धार गरिएका आठ जना दोहाबाट आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ७७८ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि उक्त मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यो पनि – अफगानिस्तानबाट आठ जनाको उद्धार

अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यो पनि – अफगानिस्तानमा सबै नेपाली सुरक्षित

काठमाडौँ, ११ भदौ (रासस) : सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ । हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको र उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले आज साँझ प्रेस विज्ञप्ति जारी गरेर बताएको छ ।

काबुलबाट बिहीबार उद्धार गरेर नयाँदिल्ली पु¥याइएका ११ जना काठमाडौँ आउने प्रक्रियामा रहेको पनि उक्त मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस