लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै ः डब्लुएचओ


हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ । लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार भन्नुभयो, “लेबनानमा गम्भीर चुनौतीहरू छन्, विशेष गरी चिकित्सा, इन्धन र पानीको आपूर्तिको अभावले लेबनानका जनताको स्वास्थ्य अवस्थालाई असर गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले लेबनानको समस्यालाई सम्बोधन गर्न विश्व समुदायसँग छलफल गरिरहेको छ । छिट्टै सहयोग लेबनान आइपुग्नेछ ।”

राष्ट्रपति मिशेल आउनसँग बाबडा प्यालेसमा भएको वार्तापछि गेब्रेयससले भन्नसभयो, “विशेष गरी खोप लगाउने सन्दर्भमा कोभिड–१९ महामारी विरुद्ध लड्न लेबनानले गरेको प्रयास सह्रानीय छ । मध्य पूर्वी यस देशमा अहिलेसम्म ३० प्रतिशत जनसङ्ख्यालाई कोभिड–१९ पुष्टि भइसकेको जनाएको छ । उहाँले भन्नुभयो, “लेबनानको कोभिड–१९को स्थिति सुधार्न र अन्य स्वास्थ्य समस्यामा पनि सहयोग गर्न हामी सहयोगको व्यवस्था गर्नेछौं ।

उक्त अवसरमा लेबनानका राष्ट्रपति मिशेल आउनले देशले सामना गरिरहेको आर्थिक, स्वास्थ्य र मानवीय संकटलाई ध्यानमा राखेर संगठन र लेबनानबीच थप सहयोगको माग गर्नुभयो । एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै घेब्रेयसस बिहीबार लेबनान आइपग्नुभएको थियो । यस प्रतिनिधिमण्डलले कोभिड–१९ महामारीलगायतका विभिन्न स्वास्थ्य सेवाको अवस्थाको अध्ययन गर्ने बताइएको छ ।

यो पनि – रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव गराउँनु अन्तरराष्ट्रिय कानूनको उल्लङ्घनः युक्रेन

युक्रेनले रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव आयोजना गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको र पृथकतावादी नियन्त्रित क्षेत्रका बासिन्दालाई मतदानमा भाग लिन अनुमति दिएको आरोप लगाएको छ। रुसले २०१४ मा क्राइमियालाई युक्रेनबाट कब्जा गरेको थियो र कीव र यसका सहयोगीहरूले दुई पूर्वी क्षेत्रहरूमा मस्को समर्थक पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन्।

लुगान्स्क र डोनेट्स्कमा रूसी पासपोर्ट धारीहरूलाई शुक्रबारदेखि आइतबार सम्म ड्यूमा राज्यमा चुनावमा मतदान गर्न अनुमति दिइएको छ।युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले एक पत्रकार सम्मेलनमा मस्कोले पूर्वी क्षेत्रहरू र क्राइमियामा मतदान आयोजना गरी “अन्तर्राष्ट्रिय कानूनको उल्लंघन” गरेको आरोप लगाउनु भएको छ। कुलेबाले अहिले क्राइमियाको अवस्था एक नियन्त्रित राज्यको जस्तो भएको र यस बापत मस्कोले एक दिन ठूलो मूल्य चुकाउनुपर्ने दाभि गर्नु भएको छ। लुगान्स्क र डोनेट्स्क क्षेत्रका ६००,००० भन्दा बढी जनताले २०१९ देखि हालसम्म रूसको राहदानी लिइसकेका छन् र यस क्षेत्रमा मतदानका निम्ति योग्य मानिएका छन् । रुसले २०१६ देखि क्राइमियामा निर्वाचन गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस