मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते


मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित चोकमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु७२प ४७९२ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स४प ७९२६ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर स४प ७९२६ नंको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाको नरहा बस्ने ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार लु७२प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

यो पनि – मनाङका केही स्थानमा यातायात सञ्चालन

माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन् । गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।  सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार पछि सवारी सञ्चालनमा आएको डुम्रे–बँेसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमजुङको बेँसीसहरदेखि मनाङको नासोंको खोत्रोसम्म , चामे र माथिल्लो मनाङ ङिस्याङमा पनि सवारी सञ्चालन भएको छ । उहाँले सदरमुकाम चामेसम्म दशैँ अगावै यातायात सञ्चालन गरिने लक्ष्य रहेको बताउनुभयो । “सडक मर्मत तथा सम्भारको भइरहेको छ । वर्षा भइरहेकाले समस्या छ ।” उहाँले भन्नुभयो, “वर्षा भइरहेको छ । एक ठाउँमा बनायो । अर्को स्थानमा भत्किने समस्याले अलि गाह्रो भएको छ ।”

सो सडक खण्डको एक सय सात किलोमिटरमध्ये लमजुङको बँेसीसहरदेखि नासों –१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।त्यस्तै चामे गाउँपालिकामा स्थानीयसहितका सहयोगमा पालिकाम पूरै सवारी सञ्चालन भएको उहाँले बताउनुभयो । आयोजना प्रमुख पन्तका अनुसार सो सडक खण्डअन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ । उक्त सडकअन्तर्गत माथिल्लो र तल्लो मनाङलाई जोड्ने तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस