अभिनेत्री प्रियंका कार्की र आयुश्मान देशराज जोशीलाई पुत्री लाभ (फोटो सहित)


काठमाडौँ, ६ असोज । अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ ।  अभिनेत्री कार्कीले आफ्नो सामाजिक संजाल मार्फत छोरी जन्मिएको जानकारी दिएकी हुन् । आफ्नो सन्तानको उनीहरुले यस अघि नै तय गरेको नाम ‘आयंका’ रहेको छ । आयाका कार्की जोशी । आफ्नो पहिलो सन्तान आयंका जन्म्मिएको खुसि साट्दै अभिनेत्री कार्की लेख्छिन – ‘Our little angel ❤️ Welcome to the world, welcome to our life our sweet pea  🥺 🌸 Ayanka Karki Joshi 🌸

यो पनि – कमेडी च्याम्पियनका विजेता भरतमणीलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गर्नुभएको छ । गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिनुभएको थियो । आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताउनुभएको छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

यो पनि – ओमनले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दियो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७ ओभर दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटियो ।

ओमानका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिएका हुन् । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुशी १२ रनमा आउट भए । सन्दीप गौडले आठ तथा आयन खानले सात रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले चार÷चार रन जोडे । कालिम उल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले नौ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा तीव्रगतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । करण र सन्दीपले चार÷चार विकेट लिए भने शरद भेषवाकरले दुई विकेट लिए । सन्दीपले ८.१ ओभरमा दुई मेडनसहित १८ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै करणले आठ ओभरमा एक मेडनसहित २५ रन खर्चेर चार विकेट लिन सफल भए ।

शरदले छ ओभरमा एक मेडनसहित २१ रन खर्चेर दुई विकेट लिएका हुन् । आज नेपाल घरेलु टिम ओमनविरुद्ध जित निकाल्ने योजनामा रहेको छ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ । सिरिजअन्तर्गत गत मङ्गलबार भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै त्यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अमेरिकाले नेपाललाई छ विकेटले हराएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस