गायिका इन्दिरा जोशीले खुम्बु पुगेर सुटुक्क गरिन ‘इन्गेजमेन्ट’


चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन्। उनले फिल्मीशैलीमा सोलुखुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग सुटुक्क इन्गेजमेन्ट गरेकी हुन्। हेलिकप्टरबाट खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जोशीले यसअघि आफु प्रेम सम्बन्धमा रहेको बताएपनि प्रेमी को हो भनेर खुलाएकी थिइनन ।

गायिका जोशीले इन्गेजमेन्ट गरेको कुरा उनी आफैंले औपचारिक रूपमा सार्वजिनक गरेकी भने होइनन्। जोशीलाई शरदले औठी लगाउदै गरेको टिकटक भिडियो बाहिरीएपछि उनीहरुले इन्गेजमेन्ट गरेको वास्तविकता सार्वजनिक भएको हो । उक्त टिकटक भिडियो क्याप्टेन विवेक थापाले खिचेका हुन्। रिङ्ग लगाउदै गरेको भिडियो राख्दै क्याप्टेन थापाले दुवै जनाई उज्वल भविष्यको शुभकामना दिदै भिडियो पोष्ट गरेका छन् । जुन भिडिओ अहिले टिकटकमा भाइरल भइरहेको छ। साथै जोशीलाई दर्शकहरुले बधाई दिनेको ओइरो लागेको छ ।

यो पनि – खलङ्गामा जडान गरिएको सिसीटिभी क्यामेरा दुई वर्षमै बिग्रियो

दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलङ्गामा दुई वर्षपहिले जडान गरेका सिसीटिभी क्यामेरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी सदरमुकाम खलङ्गाका विभिन्न आठ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको थियो । विसं २०७६ असार २२ गते महाकाली नगरपालिकाले खलङ्गा क्षेत्रमा अपराध नियन्त्रणमा सघाउ पु¥याउन भन्दै सिसीटिभी क्यामेरा जडान गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट पुलघाट भन्सार कार्यालयसम्मका मुख्य स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको थियो । जडान गरिएका सबै सिसीटिभी बिग्रिएर बन्द भएको चार महिना बितिसक्दा पनि मर्मत हुनसकेका छैनन् ।

“चार महिनादेखि सिसीटिभी क्यामेरा चलेका छैनन्”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भन्नुभयो, “मर्मतका लागि मान्छे नआउँदा ढिलाइ भएको छm, मर्मत गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि अहिलेसम्म नगरपालिकाले पनि मान्छे ल्याउन सकेको छैन ।”

सिसीटिभी क्यामेरा जडान गर्न भारतबाट प्राविधिक ल्याइएको थियो । मर्मतका लागि पनि उतैबाट ल्याउनुपर्ने भए पनि अहिलेसम्म मान्छे मगाउन नसक्दा सदरमुकाम खलङ्गामा अपराध निन्त्रणमा प्रहरीलाई समस्या हुन थालेको छ । सिसीटिभी जडानपछि प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो ।

जडान गरिएको छोटो समयमै सिसीटिभी बिग्रिएपछि प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिमसमेत बढ्दै गएको सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक चन्द बताउनुहुन्छ । बजारमा रातिको समयमा हुने अपराध पत्ता लगाउन सिसीटिभी सहयोगी बनेका थिए, तर जडान गरिएका सिसिटिभी बिग्रिएपछि मर्मत हुन नसक्दा सुरक्षा चुनौती थपिँदै गएको उहाँको भनाइ छ ।

यो पनि – सवारी साधन चोरी निकासी रोक्न प्रहरी सक्रिय

गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारी साधन बरामद गरी सवारी धनीलाई बुझाएको छ ।चोरी निकासी गरी लुकाइछिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी साधन बरामद गरी प्रहरीले सवारीधनीलाई बुझाएको हो । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले एकवर्षे चोरीपैठारी नियन्त्रणका लागि कार्ययोजना बनाई काम सुरु गर्नुभएको थियो ।

वर्ष दिन नपुग्दै आठ महिनाको अवधिमा थापा नेतृत्वको टोलीले ठूलो सफलता प्राप्त गरेको छ । मोटरसाइल ३८ र एक जीप बरामद गरी रु एक करोड २० लाख मूल्य बराबरका सवारी साधन बरामद गरिएको छ । चोरी पैठारी गरिएकामध्ये एक जीप र आठ मोटरसाइकल कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको छ ।त्यस्तै १२ चोरीका मोटरसाइल सम्बन्धित धनीलाई बुझाएको प्रहरीले बताएको छ । चार मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया चलिरहेको छ । चौध मोटरसाइलबारे प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको छ ।

भेरी करिडोर र मध्यपहाडी लोकमार्गको सडक जाजरकोट भएर जाने भएकाले यहाँ चोरी पैठारी गरेर सवारी साधन ल्याई लुकाउने क्रम बढेसँगै प्रहरीले निगरानी बढाएको थियो । सवारी चालक अनुमतिपत्र नभएका, मापदण्डविपरीत सवारी चलाउनेलाई समेत कारबाही गरिएको छ । सादा पोशाकमा प्रहरी परिचालन गरी जनताको जीउधनको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले बताएको छ । संरक्षित जनावर रेडपाण्डालगायतका जङ्गली जनावारको तस्करी गरी बिक्री वितरण गर्ने गिरोहविरुद्धमा प्रहरी आक्रमकरूपमा लागेको छ ।

लागुऔषध नियन्त्रणमा समेत प्रहरीको सक्रियता देखिएको छ । झुट्टा मुद्दा लगाउने, रकम असुल्नका लागि गरिने सबैखालका गलत क्रियाकलापप्रतिसमेत प्रहरी सचेत भएर लागेको थापाले बताउनुभयो । गुनासो आउनबित्तिकै प्रहरी परिचालन गरी गुनासो सम्बोधन भएको उहाँले बताउनुभयो । छिमेकी जिल्लाका सुरक्षा अधिकारीसँग सहकार्य गरी बदमासी गर्नेविरुद्ध व्यापकरूपमा खटिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस