महिलाले त्यागे झुत्रा कपडा…


वीरेन्द्रनगर, १० असोज (रासस) ः महिनावारीका लागि लगाउन नमिल्ने झुत्रोकपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर नगरपालिकाकी ४० वर्षीय मुना गौतम । पुराना र लगाउन नमिल्ने कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका बेला आफूले प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । “छुई(महिनावारी) भएका बेला कुनामा फालेको टाला(कपडा) लगाउने गथ्र्यौं”, गौतमले भन्नुभयो, “त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्याे । एकपटक धोएर राखे पनि राम्रोसँग नसुकेको कपडा लगाउथ्यौँ ।”

यस्तै बेलामा पुराना कपडालाई प्याडका रुपमा प्रयोग गर्दै आउनुभएकी मुना हिजोआज नियमितरुपमा सेनेटरी प्याड प्रयोग गर्न थाल्नुभएको छ । “स्वास्थ्यचौकीमा आएर प्रत्येक महिना प्याड लैजाने गरेकी छु”, उहाँले भन्नुभयो, “प्याड प्रयोग गर्न थालेपछि यही सजिलो लाग्दो रहेछ ।” महिनावारीका समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने मुनालाई जानकारी नै थिएन । यस विषयमा खुलेर कुराकानी गर्न नसक्ने उहाँले भन्नुभयो, “यस्तो बेलामा सरसफाइमा ध्यान दिनुपर्ने रहेछ । अहिले छोरीलाई पनि बारम्बार यस्तै भन्ने गरेकी छु ।”

कतिपय ग्रामीण बस्तीमा अझसम्म पुरानै कपडा प्रयोग गर्ने प्रचलन छ । वीरेन्द्रनगरका महिलाले भने पछिल्लो समय महिनावारीका बेला झुत्रा र फोहर कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेका हुन् ।वीरेन्द्रनगरकी–२१ तुल्सी खत्री घर नजिकै रहेको उत्तरगङ्गा स्वास्थ्यचौकीबाट नियमितरुपमा सेनेटरी प्याड लैजाने गर्नुहुन्छ । “पहिला पुराना कपडालाई प्याडका रुपमा लगाउने गर्थेँ । पोहोर सालदेखि स्वास्थ्यचौकीमा आएर प्याड लैजान थालेकी हुँु”, उहाँले भन्नुभयो, “छुई भएका बेलामा अन्य कपडाभन्दा सेनेटरी प्याड प्रयोग गर्न थालेपछि सजिलो भएको छ ।” महिनावारीका बेलामा सफा प्याड प्रयोग गर्नुपर्छ भन्ने जानकारी भए पनि महिनापिच्छे प्याड किन्न उहाँसँग पैसा हँुदैनथ्यो । “बुबासँग प्याड किन्छु पैसा दिनुहोस् भन्न पनि नसकिने र विद्यार्थी हुँदाका बेला आफूसँग पैसा पनि नहुने”, खत्रीले भन्नुभयो, “अहिले हरेक महिना स्वास्थ्य संस्थामा आएर प्याड लिने गरेकी छु ।”

लकडाउनका बेलामा पनि स्वास्थ्यचौकीबाट निःशुल्क प्याड पाएकामा खुसी हुनुहुन्थ्यो वीरेन्द्रनगरकै पवित्रा चौलागाईं । “पहिले पुरानै कपडालाई प्रयोग गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले स्वास्थ्यचौकीबाटै निःशुल्क प्याड दिन थालेकाले हामीलाई लकडाउनका बेलामा पनि सजिलो भएको थियो ।”
गत वर्षदेखि नगरपालिकाले निःशुल्क सेनेटरी प्याड वितरण गरेकामा यहाँका महिला खुसी छन् । प्याड लिन आउने महिला नियमितरुपमा जाँच पनि गराउने हुँदा उनीहरुको स्वास्थ्यमा पनि सुधार आएको उत्तरगङ्गा स्वास्थ्यचौकीमा कार्यरत अहेब जमुना भण्डारीले बताउनुभयो ।
“पहिला बिरामी भएपछि मात्र अस्पताल आउने महिला आजभोलि अन्य बेलामा पनि जाँच गराउने गरेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकी आएका बेलामा आफ्ना प्रजनन् स्वास्थ्यका विषयमा पनि जानकारी लिने गरेका छन् ।”

महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्करुपमा प्याड वितरण गर्दै आएको उपप्रमुख मोहनमाया ढकालले बताउनुभयो । “महिनावारीका विषयमा जोडिएको नकारात्मक धारणा हटाउनाका साथै स्वच्छ महिनावारी हुनुपर्छ भनेर सचेत गराउनु कार्यक्रमको उद्देश्य हो”, उहाँले भन्नुभयो, “प्रायः महिला स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी जाने प्रचलन थिएन । त्यसैले स्वास्थ्यचौकीमार्फत प्याड वितरण गर्दा उनीहरु त्यहाँ गएर जाँच गराउन सक्छन् भनेर नै यो कार्यक्रम ल्याएका हाँै ।” अब हरेक माध्यमिक विद्यालयमा किशोरी समूह गठन गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने उपप्रमुख ढकालले बताउनुभयो । नगरका सबै विद्यालयमा प्याड उत्पादन गर्ने उपकरणको व्यवस्था गर्ने तयारी गरिएकोे उहाँको भनाइ थियोे ।

नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ देखि निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ ।सबै वडाका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराउन नगरपालिकाले बजेटमै २० लाख विनियोजन गरेको छ ।सुत्केरी अवस्थाका महिलालाई पनि यसले मद्दत मिलेको छ । महिनावारी स्वच्छताका विषयमा नगरका स्वास्थ्य स्वयंसेविकाले सचेतना गराउनुका साथै प्याड प्रयोगको विषयमा पनि जानकारी दिने गरेका छन् । नगरपालिकाले हाल १८ वटै स्वास्थ्यसंस्थाबाट सेनेटरी प्याड वितरण गर्दै आएकामा अहिलेसम्म १७ हजारभन्दा बढीले उक्त सेवा लिएका नगरको स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले बताउनुभयो ।

वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इञ्चार्ज सीता आचार्यले प्याड वितरणपछि महिलामा महिनावारीका बेला सरसफाइमा ध्यान दिनुपर्ने कुराको विकास भएको बताउनुभयो । “महिनावारीका बेलामा सबैभन्दा बढी फोहर भएका कपडा प्रयोग गर्दा इन्फेक्सन भई पाठेघरको क्यान्सरसम्म हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले यो समस्या कम हुँदै गएको छ ।” अहिले महिनावारीका बेला घर बाहिर अलैग्गै बस्ने चलन हटेर जानाका साथै यस्तो बे

प्रतिक्रिया दिनुहोस