भोलीको राशिफल : वि.सं.२०७८ साल असोज १२ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २८ तारिख


वि.सं.२०७८ साल असोज १२ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी, दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मृगशिरा, बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त आद्र्रा । योग–व्यातिपात, बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त वरियान । करण–बव, दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त बालव, रातको ०४ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मीथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान २९ घडी ५२ पला । अष्टमीव्रत, महालक्ष्मीव्रत समाप्ती ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नु पर्ने हुँनसक्छ । व्यापारमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हँुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

साप्ताहिक राशिफल : असोज १० गते आईतबारदेखि असोज १६ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ भने साथिभाई तथा ईष्टमित्रहरुको हरेक पाईलामा सहयोग तथा समर्थन रहनेछ । व्यावसायमा राम्रो प्रगति हँुन गई आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु राज्यबाट प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफाँ कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनतको गतिलो समर्थन प्राप्त हुनेछ भने सेवामुलक समाजिक संघ सस्थामा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा प्रतिश्पर्धिहरुलाई पन्छाउदै अगाडि बढ्न सकिनेछ । हप्ताको अन्तमा चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सोमबार अपरान्हसम्मको समय मध्ययम रहेकोले बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्ने तथा ति निर्णयहरुको सर्बत्र आलोचना हुने हुनालेसोच बिचार गरेर काम गर्नुहोला । सोमबार बेलुकादेखि बुधबार सम्मको समय राम्रो रहेकोले न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । बिहिबार तथा शुक्रबार समय मध्ययम रहेकोले तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । हप्ताको अन्तमा माया छुट्टिएका प्रेम सम्बन्धहरु पुनह रुचारु हुने तथा माया प्रेमका कोपिलाहरु फक्रनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुने हुनालेआफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् । कन्भिन्स गर्ने पावर बढ्ने हुनालेअरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुनालेशाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रो काम गर्न सकिनेछ । हप्ताको अन्तमा आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् । बिहिबारददेखि समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जानेछ भने तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुदा मन प्रशन्न रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बुधबारसम्मको समय मध्ययम रहेकोले आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । बिदेश यात्राको गतिलो सम्भावना रहेको तथा बिदेशमा उत्पादित सामानको प्यापार व्यावसाय फस्टाएर जाने भए पनि स्वदेशमा उत्पादित सामानको व्यापार खस्कनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ । बिहिबारदेखि निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । थोरै बोलेर उपलब्धिमुलक कामहरु गर्न सकिनेछ भने मनग्गे आम्दानि गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । सरकारि तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत भरपुर लाभ लिन सकिनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । बुधबार तथा शुक्रबार स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । हप्ताको अन्तमा राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ भने रोकिएर बसेका कामहरु पुनह सुचारु गर्न सकिनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,त) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेकोछ । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । हप्ताको अन्तमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्यात्तिहरुको सल्लाहमा गलत निर्णय हुन सक्छ । तपाई आफ्नै कारणले घर परिवारमा तथा आफन्त बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । बुधबार साझदेखि समय तपाईकै पक्षमा आउँने हुनालेव्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । सोमबार साझदेखि बुधबार सम्मको समय मध्ययम रहेकोले संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । बिहिबार देखि समय तपाईकै पक्षमा हुने हुनालेलामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । एकल तथा साझेदारि व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ भने व्यावसायिक यात्राको गतिलो सम्भावना रहेकोछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । बिहिबार तथा शुक्रबारको समय मध्ययम रहेकोले समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । हप्ताको अन्तका धार्मिक तथा शैक्षिक यात्राको प्रसस्त सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) सोमबार साझसम्मको समय मध्ययम रहेकोले अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । सोमबार बेलुकादेखि शुक्रबार सम्मको समय राम्रो रहेकोले वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनालेमन प्रशन्न हुनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । हप्ताको अन्त तथा शनिबारको समय राम्रो नभएकोले खानपान तथा कुनै काम गर्दा ध्यान दिनुहोला अप्रिय घटनाको सामना गर्नुपर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बुधबार सम्मको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ भएपनि कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाई तपाई आफ्नै कारणले फितलो रहने हुनालेभने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । खानपानमा ध्यान नदिए पेट सम्बन्धि समस्या आउँन सक्छ । बुधबार साझदेखि समय तपाईकै पक्षमा आउँने हुनालेमुद्दा मामिल न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रतिश्र्धिहरुलाई परास्त गर्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ भने एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । मन पराएको साथि तथा जीवन साथिको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस