इपिएल : काठमाडौँ र विराटनगरको खेल स्थगित


राजधानीमा जारी चांैथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो । यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो । उनी दुई खेलका लागि काठमाडौँ आएका थिए । त्यस्तै करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो । प्रतियोगितामा विभिन्न छ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्नेछन् ।

यो पनि -भलिबल : हेल्प नेपालको जित

राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा हेल्प नेपालले वाग्मती प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी हासिल गरेको हो । हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो तथा अन्तिम सेटमा २५–१२ को जित निकाल्यो ।

यस जितसँगै समूह ‘ए’ मा रहेको हेल्प नेपालले दुई अङ्क बटुलेको छ । यता वाग्मतीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा वाग्मती गल्कोट स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । नेपाल भलिबल सङ्घको आयोजना भएको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । महिला तथा पुरुष विजेता टोलीले रु चार लाख प्राप्त गर्ने छ भने उपविजेता टोलीले रु दुई लाख पाउने छ । तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस