परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमात्रै सङ्क्रमण


नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिनुभयो । आज १४ हजार तीनमा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको थियो ।

उहाँका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो । एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ । यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ ।

यस्तै अगष्ट महिनामा २४.५ प्रतिशत पहिलो मात्रा र २०.५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए । अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी उमेर समूहले आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप ११५८ जनामा कोरोना संक्रमित,१२ जनाको मृत्यु

काठमाडौं,१२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११५८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ११६७२ पीसीआर र २३३१एन्टीजेन परीक्षणमा ११५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ९१ हजार १०८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १३१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – भारतमा २०१ दिनपछिकै सवैभन्दा कम सङ्क्रमित, सक्रिय सङ्क्रमित पनि न्युन

१२ असोज (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।दैनिक सङ्क्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना सङ्क्रमित भएका हुन । केरला बाहेक अन्य क्षेत्रको सङ्क्रमितको सङ्ख्या हेर्दा अत्यन्त न्युन देखिएकाले पनि सन्तोष मान्नु पर्ने अवस्था नै रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।यसलाई अझै घटाउनका लागि खोप अभियानसँगै सतर्कता अपनाउनु पर्ने अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ ।
कुल सङ्क्रमित मध्ये दुई लाख ९२ हजार २०६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो पनि १९२ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । सक्रिय सङ्क्रमितहरुको अहिलेको सङ्ख्या कुल सङ्क्रमितहरु मध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ । यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सवैभन्दा कम भएको अधिकारीहरुको भनाई छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड २९ लाख ५८ हजार दुई जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन । दैनिक नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको हो । भारतमा कोरोनाबाट अहिलेसम्म कुल चार लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ । ती मध्ये १७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि – नेपालमा अनुवांशिक अध्ययन गर्दा डेल्टा भाइरस भेटियो

कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक ९जीन सिक्वेन्सिङ० अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय ९त्रिवि० जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताउनुभयो । प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमैै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताउनुभयो ।

यो पनि – हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

१२ असोज (रासस÷एएफपी) ः हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित भएको हो ।निर्वाचन अनिश्चितकालको लागि स्थगित भएपछि देश थप अनिश्चिततामा धकेलिएको छ ।सेप्टेम्बर २०२० मा राष्ट्रपतिको रुपमा जोवेल मोइसेको नियुक्तिपछि २०२१ जुलाईमा हत्या भएको थियो । त्यसपछि गठन गरिएको अस्थायी निर्वाचन परिषद् (सीईपी) का नौ सदस्यहरुलाई विपक्षी र जनताले कडा आलोचना गरेका छन् ।

सर्वत्र आलोचनाका कारण उनीहरुलाई बर्खास्त गरिएको हो । पटक पटकको छलफल पछि तय गरिएको निर्वाचन र संवैधानिक जनमत संग्रहको पहिलो चरणको मतदान आगामी नोभेम्बर ७ मा गर्ने तय भएको थियो । अहिले हुने भनिएको निर्वाचनले नै राष्ट्रपति समेत चयन गर्ने थियो, तर निर्वाचन नै नहुने भएपछि राजनीतिक संकट उत्पन्न हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस