के तपाई जिन्स लुगालाई धुनुहुन्छ ? आजैबाट बन्द गर्नुहोस, विश्व चर्चित लेभीज जिन्सका मालिकको खुलासा


काठमाडौं। क्याजुअल ड्रेसमा सबै भन्दा बढी प्रयोग गरिने कपडा हो जिन्स । यो कपडा आकर्षक मात्र हैन निक्कै टिकाउ हुने हुनाले पनि धेरैको रोजाईमा पर्ने गर्दछ । यो जिन्सलाई हामी जो कोहिले महिला भएपछी धुने गर्दछौ । तर यो गलत भएको कुरा बाहिर आएको छ । यो कुरा विश्वकै चर्चीत जीन्स निर्माता कम्पनी लेभीजका सीईओ चिप बर्गले भनेका छन्। उनका अनुसार जीन्सलाई धुनु हुदैँन।

धुनुको सट्टा ब्रसको सहायताले सफाई गर्नु पर्ने बताएका हुन् । जिन्सलाई धुनै पर्ने भए पनि छिटोमा ६ महिना पछी मात्र धुनु पर्ने हुन्छ । यदि जिन्समा रहेका किटाणु हटाउन परे एक रात फ्रिजमा राखेर अर्को दिन घाममा सुकाए हुने पनि उनले बताएका छन । पानीले धुदा जिन्स निर्माण गर्दा प्रयोग गरिएको पदार्थहरुमा असर पर्ने र फाट्ने हुन्छ ।

यो पनि – पाइप गाड्ने क्रममा भेटियो खरबौंको धातुहरु ! (तस्बिरसहित)

काठमाडौ, ३ फागुन । पाइप गाड्ने क्रममा मजदुरहरुले धातुका महंगो घडा भेटाएका छन् । स्पेनको एक पार्कमा उनीहरुले खनिरहेको बेलामा अनौठो किसिमको आवाज आएपछि ,शकांको आधारमा अझै १ मिटर जति खन्दा यस्तो वस्तु भेटिएको हो । जुन कुनै कडा यस्तुमा ठोक्किएपछिे आवाज आएको रहेछ । जहाँ १–२ वटा होइन पूरै १९ वटा घडा भेटिएको थियो । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटाजत्रै थियो ।

त्यसपछि मजदुरहरुले उक्त घडाहरु खोलेर हेर्दा त्यहाँभित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए । यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालको भएको एक अनुसन्धानले जनाएको छ । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल रहेको थियो । जसको मूल्य खर्बौं रुपैयाँ पर्ने जनाइएको छ ।

सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो । यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । यी सिक्का त्यो जमानाका हुन् जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गरेको बेलाको हुनसक्ने संग्रहालयकी निर्देशक एना नेवेरोले बताएकी छिन् ।

यो पनि – Parle-G बिस्कुटको प्याकेटमा रहेकी बच्ची को हुन् ? यस बारे अचम्म लाग्ने तथ्यहरु हेर्नुहोस (भिडियो सहित)

भारतमा मात्र नभई नेपालमा पनि प्रचलित रहेको बिस्कुट हो Parle-G। आज हामी तपाईलाई पर्लेको बारेमा केहि अचम्म लाग्ने तथ्य बताउने छौँ। जुन सुनेर तपाई अचम्मित रहनु हुनेछ। भारतमा सबै भन्दा धेरै प्रयोग हुने यस बिस्कुट नेपालमा पनि धेरै प्रखात रहेको छ। अझ भारतमा यो बाहेक विस्कुट नखाने व्यक्ति समेत भेट्न सकिने कुरा चल्ने गरेको छ। हेर्नुहोस Parle-G बारे केहि अचम्म लाग्ने तथ्यहरु :

*यस बिस्कुट भारतीय बजारमा निक्लिएको लगभग ७८ वर्ष भैसकेको छ। यस कम्पनि सन् १९२९मा शुरु भए पनि उत्पादन भने १९३९ देखि शुरु गरेको थियो। *यस कम्पनीले आफ्नो बिस्कुटको आफ्नो लोगो अहिले सम्म एकपटक पनि फेरेको छैन भने यस बिस्कुट भारतमा बिक्रि हुने बिस्कुट मध्यमा पहिलो नम्बरमा आउने गर्छ भने भारतमा प्रयोग हुने बिस्कुट मध्यमा यसको बजार ७०% रहेको छ।

*सुरुवाती समयमा पर्लेको “G”को अर्थ “Glucose” रहेको थियो। तर अहिले आएर भने यसको अर्थ ‘Genius” भनिने गरिन्छ। यस बिस्कुटले पहिलो विज्ञापन १९८२मा दिएको थियो भने यस विज्ञापनमा बुढा हजुरबाबा र नातिनीलाई देखिएको थियो। *सन् २०१० मा विश्वमा सर्वाधिक बिक्रि हुने बिस्कुटहरुमा Parle-G चार स्थान सम्म परेको थियो। तर भारतमा भने आफ्नो बर्चस्व धेरै समयसम्म राखेको यस बिस्कुटको नाम भने एक गाउको नामबाट जुरेको बताइने गरिन्छ।

को हुन् त्यो बिस्कुटको प्याकेटमा भएकी बच्ची?

वास्तवमा त्यस प्याकेटमा भएकी बच्ची काल्पनिक भएको बताइने गरिन्छ भने त्यस काल्पनिक चित्र कोहिसँग पनि सम्बन्धित नभएको कम्पनीको भनाइ रहेको छ। तर मानिसहरु नीरू देशपांडेलाई पार्ले गर्ल भनेर चिन्ने गरे पनि यस बच्चीको डीजाइन भने मगनलाल दैयाले १९६०मा गरेको बताइने गरिन्छ।

यो पनि – याद गर्नुभएको छ, औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो ! जानी राखे राम्रो

एजेन्सी । हामीलाई थाहा छ कि डाक्टरको सल्लाह बिना औषधि खानु हुँदैन । तर सामान्यतय टाउको दुखेदेखि झाडावान्ता हुँदा भने कुन औषधि खाने भन्ने धेरैलाई ‘कन्ठ’ जस्तै भइसकेको हुन्छ र यस्तो भएमा हामी आँफै पनि औषधि खाने गरेका छौं । यो कुरा पनि थाहा नहुनेहरूका लागि भने विज्ञ ‘मेडिकल सञ्चालक’ हुन् ।

हामीमध्ये कतिपयले याद गरेका हुँदैनौं कि कुनै औषधिमा विशेष संकेत पनि हुन्छ भनेर । तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ, दुखाइ कम गर्ने कडा औषधि र एन्टिबायोटिक्समा विशेषगरी यस्तो संकेत कोरिएको हुन्छ । यिनको खोलमा पनि यस्तो धर्सा हुन्छ ।यसरी औषधीमा कोरिएको रातो धर्काको हो – डाक्टरको सुझाव वा प्रेसक्रिप्सनबिना खान नहुने ।

हालै भारतको स्वास्थ्य मन्त्रालयले पनि यसबारे जानकारी दिँदै जथाभावी औषधि नखान सुझाएको छ । मन्त्रालयको ट्विटरमा ‘रातो धर्का भएका औषधि डाक्टरको सल्लाह बिना नखानुस् । तपाईं जिम्मेवार भए औषधिले पनि राम्रो काम गर्छ ।’

मुम्बई मिररका अनुसार खासमा यो रातो धर्सा भएको औषधि मेडिकल पसलहरूमा पनि डाक्टरको सुझाव लेखिएको पत्रबिना बेच्न पाइँदैन । त्यसैले ध्यान पुर्‍याउनुहोस्, चेतावनीसहित आएको औषधि यसै खाँदा ज्यानलाई राहतको साटो जोखिम बढ्न सक्छ ।

यो पनि – यो हो संसारकै सबैभन्दा फराकिलो सडक, जसको चौडाई २६ लेन छ !

काठमाडौं । नेपालमा सडक फराकिलो बनाउने अभियान चलिरहेकै सन्दर्भमा संसारकै सबैभन्दा फराकिलो सडकको बारेमा समाचार प्रकाशित भएको छ । अमेरिकाको टेक्सास राज्यस्थित द क्याटी फ्रि वे संसारकै सबैभन्दा फराकिलो सडक मानिएको छ ।

टेक्सास राज्यको ह्युस्टन सहरको द क्याटी फ्रि वे २६ लेनको सडक हो, जसमध्ये १२ मुख्य लेन छन् भने ८ वटा लेन फिडर लेनका रुपमा र ६ वटा लेन म्यानेज लेनका रूपमा छन् । त्यसबाहेक यो सडकसँगै ४ वटा अलग्गै सर्भिस ट्रयाकसमेत निर्माण गरिएका छन् ।

यो सडकका प्रत्येक लेन ३ दशमलव ७ मिटर चौडा छन् । ती लेनको दायाँबायाँ निर्माण गरिएका फुटपाथको चौडाइसमेत ३ मिटर छ । हरेक लेनको बीचमा १ दशमलव २ मिटर ठाउँ खाली छोडिएको छ । यो सडकमा हरेक दिन २ लाख १९ हजार सवारी साधन गुड्छन् । अमेरिकाको सडक विभागका अनुसार यो सडकले आगामी ५० वर्षसम्म सेवा दिन सक्नेछ ।

यो पनि – अचम्मको कानून, जहाँ बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई गरियो का रबाही!

एजेन्सी। बर्षौं आफूले हुर्काएको छोरीचेली पराई घरमा बिदा गर्दा पक्कै पनि जो सुकै अभिभाबकलाई नमज्जा लाग्छ, आँशु रोक्न कठिन हुन्छ । उनीहरु आफ्नो दुखलाई आँशुसंगै पखाल्न स्वतन्त्र हुन्छन् । तर विश्वमा यस्तो देश पनि छ जहाँ चेली अन्माउँदा रोएको भन्दै माइतीलाई का रबाही भएको छ ।

रुसको चेचेन्या भन्ने स्थानमा बहिनीलाई अन्माउँदा रोएको भन्दै उनका दाजुलाई का रबाहीसहित सजाय दिइएको छ । बहिनीको बिवाहमा मन थाम्न नसकेर रुएको अ भियोगमा ती बहिनीका दाजुलाई सार्वजनिक रुपमा माफी मगाईं स जाय दिइएको हो ।

एक साता अघि एक भाइरल भिडियोमा बहिनीको बिवाहको अन्तिम समयमा दाजु रोएको देखेपछि माफी मगाइएको थियो । खासमा रुसको चेचेन्यामा विवाहमा रुनु त्यहाँको परम्परा विपरित मानिन्छ ।

चेचेन्याका स्थानीयले भाइरल भिडियोमा दाजु रोएको देखेपछि त्यस उपर कारबाहीको माग गरेका थिए । उनीहरुको मागपछि त्यस बिषयमा ठूलो विवाद भयो । अन्ततः स्थानीय धार्मिक नेताले उनलाई रोएकोमा माफी माग्नु पर्ने आदेश सुनाए ।

चेचेन्यामा हुने विवाहको अर्को अचम्मको कुरा के छ भने बहिनीको बिहेमा दाजु जान पाउँदैनन् । यदि गए उनलाई पनि कारवाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस