प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी कोरोना सङ्क्रमण


पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ अन्तर्गत मोरङमा सबैभन्दा बढी ११३ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये विराटनगर महानगरपालिका मात्र ६३ जना आज सङ्क्रमित भएका छन् ।  चौध जिल्ला रहेको प्रदेशमा सो अवधिमा झापामा १०४, सुनसरीमा ८३, धनकुटामा पाँच, इलाम र उदयपुरमा चार/चार, भोजपुरमा दुई र प्रदेश बाहिरका पाँच जना गरी कूल ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सोही अवधिमा एक हजार हजार १८१ को पीसीआर परीक्षण गर्दा ३२० र ६९४ को एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

एक सय ३७ स्थानीय तह रहेको प्रदेशमा स्थानीय तह अनुसार ४२ वटा स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, सुन्दरहरैँचा र बेलबारीमा १३/१३, लेटाङमा आठ, बूढीगङ्गामा तीन, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा दुई/दुई, उर्लाबारी, रङ्गेली र ग्रामथानमा एकएक, झापाको दमकमा २४, विर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा सात, गौरादह र भद्रपुरमा छ/छ, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा पाँच/पाँच, हल्दिबारीमा तीन, झापा गाउँपालिकामा दुई, शिवसताक्षीमा एक, सुनसरीको इटहरीमा ५२, धरानमा नौ, दुहवी र रामधुनीमा छ/छ, इनरुवामा चार, बराह क्षेत्रमा तीन, गढीमा एक र स्थानीय तह नखुलेका दुई, धनकुटाको धनकुटा नगरपालिकामा चार र शहीदभूमिमा एक, इलामको चुलाचुली र माईमा एक÷एक र स्थानीय तह नखुलेका दुई, उदयपुरको कटारीमा दुई, त्रियुगा र उदयपुरगढीमा एक/एक, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टमा कोरोना सङ्क्रमणबाट चार महिलासहित पाँचको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप १७६० जनामा कोरोना संक्रमित,१२२० जना कोरोना संक्रमणमुक्त

काठमाडौं,३०भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  १२,५२४ पीसीआर र ४३२०  एन्टीजेन परीक्षणमा १७६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८७ हजार ८२४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार २२० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – भारतमा थप २७ हजार कोरोना सङ्क्रमित

३० भदौ (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् ।पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन् । त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । ती मध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन् ।

यो पनि – ताप्लेजुङमा कोरोना सङ्क्रमण दरमा कमी

पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उहाँको भनाइ छ ।

मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार ३०० बढी छन् । यसैगरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको सङ्ख्या ३८ हजार ६७४ पुगेको छ । अहिले पनि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम जारी छ । सङ्क्रमणको दर घटेसँगै गएको सोमबारदेखि निषेधाज्ञा हटाइएको छ । यस्तै पाथीभरा मन्दिरलाईसमेत खुलाइने तयारी भएको छ । तत्काल बैठक बसी दर्शनार्थीका लागि मन्दिर खुला गर्ने तयारी भएको प्रजिअ पाण्डेको भनाइ छ ।

यो पनि -आज देशभर चट्याङसहित वर्षाको सम्भावना

देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाकोे सम्भावना रहेको छ ।

विभागका मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस