रूसी अभिनेत्री र निर्देशक चलचित्र छायाङ्गनका लागि अन्तरिक्ष स्टेशनमा


रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ ।पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर आगामी चलचित्र, द चैलेन्जको दृश्य देखाउनेछन्, जुन बाहिरी अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर फिक्शन फिल्म हुनेछ। उक्त चलचित्र अन्तरिक्ष यात्रीको जीवन बचाउनको लागि अन्तरिक्ष प्रस्थान गर्ने महिला डाक्टरको कथामा आधारित छ ।

यो पनि – चर्चमा हुने गरेका बालयौ.न हिं.साका घटना प्रति पोपद्वारा दुःख व्यक्त

पोप फ्रान्सिसले भरखरै सार्वजनिक गरिएको एक प्रतिवेदनमा चर्चहरूमा हुने गरेको बाल यौ.नदु.र्व्यवहारका घटना प्रति दुःख व्यक्त गर्दै निन्दा गर्नुभएको छ। भ्याटिकन सिटीमा साप्ताहिक रूपमा आयोजित हुने भिडियो सम्बोधनका क्रममा पोपले फ्रान्सका क्याथोलिक चर्चहरूमा हुने गरेका यौ.नदु.र्व्यवहारका घटनाले आफू लज्जित भएको बताउँदै पीडितहरूप्रति दुःख व्यक्त गर्नु भएको हो। चर्चमा हुने गरेका यस्ता निन्दनीय घटना नियन्त्रण गर्न नसकेकोमा व्यक्तिगत रूपमा र सम्बन्धित पक्षले ध्यान दिन सककेकोमा सामूहिकरूपमा समेत पोपले क्षमा याचना गर्नु भएको छ ।

एक स्वतन्त्र आयोगले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार फ्रान्सेली क्याथोलिक पादरीहरूद्वारा १९५० देखि पछि सात दशकको अवधिमा करिब २१६,००० बालबाकिलाहरू यौ.नदुर्.व्यवहारको शिकार भएको उल्लेख गरिएको छ। यो अत्यन्तै ठूलो घटना हो जो आजसम्म पर्दाले छोपिएको थियो।आयोगको साढे दुई वर्षको गहन अनुसन्धानका आधारमा तयार पारिएको २,५०० पृष्ठको प्रतिवेदनले फ्रान्स र विश्वभरका क्याथोलिक चर्चमा हुने गरेका यस्ता घटनाले सबैलाई दुःखित र आक्रोशित बनाएको छ।

यो पनि – विगतका तालिबानी कडाकु काबुलका शहरमा सैन्य गस्ती गर्दै

दुर्गम पहाडका गुफाहरूमा लुक्ने विगतका तालिबानी लडाकुहरू अहिले काबुलका सडकमा सैन्य पोशाकमा गस्ती गरिरहेका भेटिन्छन् । एकपछि अर्का लडाकुहरू अहिले काबुलका मुख्य सडकमा गस्तीमा भेटिन थालेका छन् । अफगानिस्तानमा आएको राजनीतिक परिवर्तनपछिको यो एउटा सङ्क्रमणकालीन सायोजनको परिदृष्य हो ।

पूर्ववर्ती अस्रफ घानीकोसरकारका पालामा काबुलमा दैनिक जस्तो डकैती, अपहरण र हमलाका घटनाहरू घटिरहेका हुन्थे । न्यायप्रणाली अत्यन्त लामो र खर्चिलो थियो। दुई दशक लामो सैन्य विद्रोहले तत्कालीन सत्तामाथि विजय प्राप्त गरेर शासनको बागडोर आफ्नो हातमा लिएपछि तत्कालीन विद्रोही तालीबानीहरूले कानूनविहीन अराजकताको स्थितिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ। यसै सन्दर्भमा तत्कालीन विद्रोहीहरू अहिले हातमा एके ४७ राइफल र एम १६ एस लिएर सडकमा गस्तीमा व्यस्त देखिन्छन् । यी नवसैनिकशङ्कास्पद अपराधीहरूलाई नियन्त्रणमा लिइरहेका हुन्छन् । आदेश नमान्ने र अटेर गर्नेहरूलाई लखेटिरहेका हुन्छन् । अहिले उनीहरू शान्ति स्थापना गर्न लागिपरिरहेका जस्तो देखिन्छन् यद्यपि यो कार्य आफैमा जटिल छ । नयाँ सरकार देशमा न्यायप्रणालीलाई छिटो छरितो बनाउन गृहकार्यमा जुटेको छ। उनीहरू इस्लाम धर्ममा आधारित सरिया कानूनलाई व्यवस्थित गर्न जुटिरहेका छन् ।

यो पनि-भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या झण्डै सात महिना पछिकै सवैभन्दा थोरै

२० असोज ९रासस÷एएनआई० ः भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् ।
सङ्ख्या २०३ दिनपछिकै सवैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् ।

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो । भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिलेपनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय सङ्क्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लामो समयसम्म सवैभन्दा धेरै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस