ह.त्याको अभियोगमा दुई जना पक्राउ


नेपाल प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको ह.त्या गरेको अभियोगमा दुई जनालाई आज मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

दसैँँको फूलपातीका अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरुले विक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको र विक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सल्यान, बनगार कुपिन्डे नगरपालिका–१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको खुर्पा प्रहार गरी ह.त्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निमबहादुर कवर मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । निमबहादुरले आफ्नै छोरालाई खुर्पा प्र.हार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो पनि – मासुको विषयमा विवाद हुँदा आफ्नै बाबुले छिनाले छोराको घाटी

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको ह.त्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो ह.तियार प्रयोग गरी ह.त्या गरेको प्रहरीले जनाएको छ ।

घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो ह.तियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस