प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने: सभामुख सापकोटा


सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताउनुभयो ।

प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै सभामुख सापकोटाले आफू त्यसैमा केन्द्रित भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो । मौसममा आएको परिवर्तनले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिराले ठूलो धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सभामुख सापकोटाले मुखमै आएको धानबाली नोक्सान भएकामा पीडित परिवारलाई राहत उपलब्ध गराउन गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष नेत्रप्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा आफू कसैको दबाब र कुनै शक्तिसँग झुकेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने प्रतिबद्धता पुनः दोह¥याउनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिण्डेमा अवस्थित उक्त सहकारी संस्था जिल्लाकै पहिलो हो । वार्षिक पाँच लाख ७५ हजार लिटर दूध उत्पादन हुने र आफ्नै चिस्यान केन्द्रमार्फत दुग्ध विकास संस्थान बालाजुमा पठाइने गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

यो पनि – ‘जनहितमा सरकार निर्वाध अघि बढेको छ’

काठमाडौँ, ३ कातिक (रासस) : नेकपा(माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले अवलम्बन गरेको शासन प्रणालीको रक्षा, सुुशासन, भ्रष्टाचार न्यूनीकरण र शान्ति सुुव्यवस्था कायम गर्ने विन्दुबाट सरकारका १०० दिन मूूलभूूत रूपमा सफल भएको बताउनुुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको १०० दिनका अवसरमा रासससगँको कुराकानीमा उहाँले सरकारका उपलब्धीको समीक्षा गर्नुुअघि यसको गठनको पृष्ठभूमि स्मरण र विश्लेषण गर्न आवश्यक रहेको प्रतिक्रिया दिनुुभयो । प्रमुख सचेतक गुुरुङले भन्नुुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर सङ्कट पैदा भएपछि यो सरकार गठन भएको हो, अहिलेको प्रणालीमा कमी कमजोरी भए पनि यसको रक्षा गर्नुुको विकल्प छैन । प्रणालीमाथि आएको खड्गोलाई एक हदसम्म पन्छाएर ‘स्मुुथली’ कार्यान्वयन गर्ने प्रक्रियामा सरकार गइरहेको छ ।”

संसद्लाई आवश्यक ‘बिजनेश’ दिने र पारित गर्ने प्रक्रियामा व्यवस्थापिकालाई चुुस्त एवं दुुरुस्त तुुल्याउन सत्ता र प्रतिपक्षको सहमति आवश्यक पर्नेमा प्रतिपक्षको अवरोध कायमै रहेको बताउँदै उहाँले भन्नुुभयो, “प्रतिपक्षले अमूूर्त र अदालतमा विचाराधीन एजेण्डा उठाएर सदन अवरुद्ध गरिहेको छ, सदन नचल्दा कानूून निर्माण प्रभावित हुन गई संविधान नै निष्क्रिय हुन पुुग्छ । यो विषय प्रतिपक्षसँग सम्बन्धित छ ।”

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारको १०० दिनको अवस्था धेरै चर्चा गर्ने खालको नभएको टिप्पणी गर्नुुभयो । उहाँले भन्नुुभयो, “यो सरकार जसरी गठन भयो, त्यसरी नै १०० दिनको समय व्यतित भइरहेको छ । यस अवधिमा संसद्ले सिन्को भाँचेन, सरकारले बिजनेश नै दिन सकेन ।” उहाँले अध्यादेश ल्याएर प्रमुख प्रतिपक्षलाई विभाजन गर्नेदेखि ‘बजेट होली डे’सम्मका काम यसबीचमा सरकारले गरेको आरोप लगाउनुभयो ।

वर्तमान सरकारले मुुलुकमा महत्वपूूर्ण योजनामा अर्बांै रकम विदेशी लगानी गर्दा आयस्रोत खुलाउन नपर्ने निर्णय गरेको बताउँदै उहाँले भन्नुुभयो, “यो बीचमा सरकारले गौरव गर्न र देखाउन लायक काम पनि गरेको छैन ।” नेपाली काङ्ग्रेसका युुवा नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले)को नेतृत्वले असंवैधानिकरूपमा दुई पटक सदन विघटन गरेको परिस्थितिको उपजका रूपमा संविधानको रक्षा गर्न र मुुलुकलाई संवैधानिक बाटोमा लैजान नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको वर्तमान सरकारले जनतालाई आशा र भरोसाको विश्वास दिलाउन सफल भएको बताउनुुभयो ।

उहाँले भन्नुुभयो, “जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गरेको छ, सरकार त्यसमा सफल देखिएको छ, अनियमिता रोक्न, भ्रष्टाचार न्यूनीकरण गर्न र सुशासन प्रवद्र्धन गर्ने काम भएको छ । सरकारलाई स्थिरता दिँदै राष्ट्रिय सहमति कायम गरी पाँच वर्षसम्म सदन रहोस् भन्ने जनताको चाहनालाई सम्बोधन गर्ने सरकारको लक्ष्य हुुनेछ ।”

सोही दलकी नेत्री महालक्ष्मी उपाध्याय (डिना) ले अघिल्लो सरकारले महामारीविरुद्धको औषधि ठीक समयमा व्यवस्थापन गर्न नसक्दा जनतामा देखिएको त्रास वर्तमान सरकार गठन भएसँगै अन्त्य भएको प्रतिक्रिया दिनुुभयो । उहाँले भन्नुुभयो, “एमालेभित्रको रडाकोबाट उत्पन्न समस्या पीडित जनताले वर्तमान सरकार गठन भएसँगै शान्ति र स्वतन्त्रता महसूूस गरे, त्यसपछि कोरोनाको भयावह पनि जनताले बिर्सिए, सरकारले गरेको खोपको व्यवस्थापन नियमित ढङ्गले अघि बढेको छ ।”

मन्त्रिपरिषद्लाई पूूर्णता दिने विषयमा केही ढिलाइ भए पनि सुुशासन, शान्ति सुुव्यवस्था कायम गर्ने विषयमा जनताले ठूूलो अपेक्षा र भरोसा गरेको बताउँदै उहाँले भन्नुुभयो, “जनताको विश्वासलाई अझ गाढा बढाउने लक्ष्य एवं विपद्मा परेका जनताको उद्धार र राहतमा विशेष ध्यान दिनुुपर्छ ।” आर्थिक पाटोलाई माथि लैजाने र युुवा शक्तिलाई रोजगार प्रदान गर्नेमा सरकारको ध्यान केन्द्रित हुन जरुरी रहेको नेत्री उपाध्यायको सुुझाव छ ।

प्रतिक्रिया दिनुहोस