उत्तर चीनको रासायनिक भट्टी विष्फोट हुँदा ४ जनाको मृत्यु ३ घाइते


उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११:०० बजे भएको थियो। अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ । फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ। दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।

यो पनि – मुगु बस दुर्घटना ः मृतकका परिवारलाई एक लाख दिइने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।

परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि रु एक लाख राहत दिने निर्णय गरेको छ । मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । बैठकले कोभिड–१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधिबमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ । हालसम्म २८६ लाई रु दुई करोड ८६ लाख भुक्तानी भइसकेको तथा वितरण गर्न बाँकीको हकमा जिल्ला प्रशासन कार्यालयबाट कागजात यकिन गरी हकवालाको बैंक खातामा रकम पठाउन आन्तरिक मामिला तथा कानून न्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री कार्यालयको सचिवालयद्वारा जारी पे्रस नोटमा उल्लेख छ ।

त्यस्तै, बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ३ उपनियम (२) बमोजिम रिक्त सदस्य पदमा प्रदेशसभा सदस्य विमला केसी, चन्द्रबहादुर शाही र हिमबहादुर शाहीलाई मनोनीत गरेको छ ।

यो पनि – वर्षा पीडित किसानलाई क्षतिपूर्ति दिन माग

सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी वर्षा पीडित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । कृषि प्रधान देश नेपालमा असोज ३१ गतेदेखि सुरु भएको बेमौसमी वर्षाका कारण धेरै जिल्लामा गएको बाढी पहिरो र डुबानले हजारौँ हेक्टर जमिनमा लगाएको धान बाली नष्ट भएकामा फाउन्डेसनले दुःख व्यक्त गरेको छ । फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा सयौँको ज्यान जाने गरी भएको यो प्राकृतिक प्रकोपबाट पीडित भएकालाई उचित क्षतिपूर्तिको व्यवस्था गरी राहत एवं पुनःस्थापनाको कामसमेत छिटो गर्न सरकारसँग माग गरेको छ ।

बेमौसमी वर्षाले हजारौँ हेक्टर जमिनमा लगाइएको धान बाली नष्ट भएकाले कृषि क्षेत्रको क्षतिको मूल्याङ्कन गर्न पनि फाउन्डेसनले ध्यानाकर्षण गराएको छ । भित्र्याउने बेलाको अन्न खेतबाटै नाश हुँदा वर्षभर काम गरेका किसान महान् पर्व बडादसैँ मनाइरहेका बेला दुःखी बनेका छन् । बाढी पहिरोले भौतिक संरचनालगायतमा पनि ठूलो क्षति पुगेको छ । दुःखको यस घडीमा उद्धार, राहतलगायत सहयोगमा जुट्न फाउन्डेसनले आह्वान गरेको छ । भित्र्याउने बेलाको अन्नबाली गुमाएका किसान, घर, आवास गुमाएका नागरिक, सदस्य गुमाएका परिवारलाई विपद्को यो घडीमा सक्दो सहयोग गर्नु राज्यको दायित्व हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस