भोलिको राशिफल हेर्नुहोस : वि.सं.२०७८ साल कार्तिक ०७ गते । आईतबार । ईश्वी सन् २०२१ अक्टोबर २४ तारिख ।


वि.सं.२०७८ साल कार्तिक ०७ गते । आईतबार । ईश्वी सन् २०२१ अक्टोबर २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– चतुर्थी, रातको ०२ बजेर ५२ मिनेट उप्रान्त पंचमी । नक्षत्र–रोहिणी, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त मृगशिरा । योग–वरियान, बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त परिध । करण–बव, दिउसो ०१ बजेर ४७ मिनेट उप्रान्त बालव, रातको ०२ बजेर ५२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २४ मिनेट । दिनमान २८ घडी ०७ पला । विश्व विकाश सुचना दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले सानो प्रयासले महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानीमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो बाताबरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राविधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कार्यक्षेत्रमा थोरै समय लगानि गर्दा पनि उत्कृष्ट नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

प्रतिक्रिया दिनुहोस