राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड सम्पन्न, दुई बिधामा ‘तगारो’ सरिता र सुबासले पाए अवार्ड


पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड– २०७८ सम्पन्न भएको छ । पोखराको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘तगारो’ गीतबाट उत्कृष्ट सम्पादन (जुरी) सुबास अँगाई र सोही गीतबाट उत्कृष्ट अभिनय महिलामा सरिता दानकुटीले अवार्ड हात पारेका छन् । तीज पर्वको अवसरमा बजारमा आएको तगारो गीत दर्शक श्रोताको निकै मन परेको गीत हो । अरु भन्दा फरक कथा बस्तुमा निमार्ण भएको भिडियोबाट दानकुटीले अवार्ड हात पारेकी हुन् । पोखरामै रहेर अभिनयको साथै नृत्यको क्षेत्रमा क्रियाशील दानकुटीले दर्जनौं गीतमा अभियन गरिसकेकी छन् भने केही गीतमा समेत नृत्य निर्दशकको भूमीका निभाएकी छन् । यो अवार्डसंगै थप जिम्मेवार र क्रियाशील बनाएको दानकुटीको भनाई छ । उनले तगारो गीत मनपराएर भोट गर्ने, आफ्नो अभियनलाई अब्बल ठान्ने जुरी निर्णायक साथै सबै दर्शकलाई धन्यवाद समेत दिएकी छन् । सुबास अम्गाई पोखरामा बसेर करिब दशक बर्ष देखी पत्रकारीताका साथै भिडियो सम्पादन गर्दै आएका छन् । उनीले गत बर्ष नेश्नल पावर न्यूज म्यूजिक अवार्डबाट समेत उत्कृष्ठ भिडियो सम्पादनको अवार्ड प्राप्त गरेका थिए । उनी फलानो क्रियशनको संचालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस