‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रासङ्ग्रह सार्वजनिक


काठमाडौँ, २७ कात्तिक (रासस) : नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रासङ्ग्रह आज सार्वजनिक भएको छ । त्रिशूली वाङ्यमय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रमेशप्रसाद भट्टराईलगायत साहित्यकारहरूले सो कृतिको लोकार्पण गर्नुभएको हो ।

स्रष्टा एवंं पर्यटन व्यावसायी डङ्गोलले मुलुकका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रामा क्रममा पाइएका सामाजिक, सांस्कृतिक र जनजीवनका पक्षहरूलाई समेटेर तयार पारेको सो कृतिले पथप्रदर्शकहरूलाई हाते पुस्तकको काम गर्ने समालोचकहरूले बताएका छन् । कृतिबारे साहित्यकारहरू डा दामोदर पुडासैनी ‘किशोर’, श्रीओम श्रेष्ठ ‘रोदन’, समीक्षक राम लोहनी, नेपाल ट्रेकिङ एजेन्सिस एसोसिएशन (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, महासचिव सरिता लामा, प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोललगायतले नियात्रा लेखनमा राजेन्द्रमानको उज्वल भविष्य देखिएको र उहाँका लेखनले पर्यटन र संस्कृति क्षेत्रमा योगदान दिने बताउनुभएको थियो ।

यो पनि – माओवादी आन्दोलनको उपलब्धी सङ्घीय लोकतान्त्रिक गणतन्त्र

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले राजनीतिकरुपमा मुलुक वर्तमान व्यवस्थामा आइपुग्नु माओवादी आन्दोलनको उपज भएको बताउनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश समितिको दोस्रो परिषद्लाई सम्बोधन गर्दै इञ्चार्ज बस्नेतले आजको परिवर्तन नै माओवादीको अगुवाइमा भएको दाबी गर्नुभयो । उन्नाइसदिने आन्दोलन १२बुँदे समझदारीको जगमा भएको तर्क गर्दै उहाँले गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक व्यवस्था माओवादीको आन्दोलनको उपलब्धि भएको जनाउनुभयो ।

उक्त सम्बोधनका क्रममा इञ्चार्ज बस्नेतले भन्नुभयो, “शिक्षक सामाजिक चेतनाको संवाहक हो । क्रान्तिकारी चेतनाले पूर्ण शिक्षक सामाजिक रुपान्तरणका लागि अह्म भूमिका खेल्दै शैक्षिक क्षेत्रलाई मोडेल बनाउँदै लिने दिशामा नेतृत्व प्रदान गर्नुपर्दछ ।” पूर्वगृहमन्त्रीसमेत रहनुभएका उहाँले नेपाली जनताको त्याग र बलिदानबाट एकात्मक राज्य संरचना र व्यवस्थालाई बदलेर नोपलमा नौलो खालको लोकतान्त्रिक प्रणाली स्थापना गरिएको जिकिर गर्नुभयो । माओवादी केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माले शैक्षिक क्षेत्र मानव सभ्यताका निम्ति दक्ष जनशक्ति उत्पादनको केन्द्र भएकाले वर्तमान शिक्षा नीतिमा सुधार ल्याउन शिक्षक सङ्गठनले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रका प्रदेश सचिव रामदीप आचार्यले प्रथम औद्योगिककालको शैक्षिक प्रणालीमा आजको शिक्षा प्रणाली चलिरहेको तर्क गर्नुभयो । सचिव आचार्यले भन्नुभयो, “तत्कालीन समयमा कारखानाका निम्ति प्रयोग गरिने शिक्षा आज पनि प्रयोगमा छ । ज्ञानको न नवीकरण हुनसक्यो नत रुपान्तरण नै ।” सूचना र प्रविधिको उच्चतम् विकास भएका बेला त्यहीअनुसार शिक्षाको संरचना, शैली र पद्धति बदलिँदै जानुपर्ने उहाँको भनाइ थियो । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोस्रो परिषद्मा केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्लाका पदाधिकारीसहित ३१८ शिक्षकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस