‘शारदादेवी÷ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा


काठमाडौँ, १ मङ्सिर रासस :  क्रियाशील आर्थिक पत्रकारको साझा संस्था नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले रु एक लाख राशिको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बैंकिङ तथा बीमा विज्ञका रुपमा रहनुभएका रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले सो पुरस्कार घोषणा गरेको हो । भट्टराई हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सिईओ० का रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँले आफ्ना मातापिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेको जनाउँदै पुरस्कारका लागि आवश्यकपर्ने स्रोत अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताउनुभयो । नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी÷ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने जनाएको छ । सम्झौताअनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि रु दश लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही रकमको ब्याजबापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाइ छनोट गरी पुरस्कृत गरिने नाफिजले जनाएको छ ।

“मेरा बुबा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नको लेखनवृत्तिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु”, हस्ताक्षर कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारको सङ्ख्या तथा गुणस्तर दुवै बढाउनुपर्नेमा जोड दिनुभयो ।

नाफिज अध्यक्ष मोदनाथ ढकालले रु एक लाख राशिको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताउनुभयो । “यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो, यसले थप गतिशील, अनुशासित र तथ्यपरक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ”, उहाँले भन्नुभयो । पुरस्कारसम्बन्धी सम्झौता पत्रमा आज नाफिज अध्यक्ष ढकाल र दाता भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।

यो पनि – भड्किलो प्रचारमा रोक

गण्डकी, १ मङ्सिर (रासस) : नेपाली कांग्रेस कास्कीले पार्टीको अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको आन्तरिक निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने लक्ष्यका साथ भड्किलो प्रचारमा रोक लगाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब कुनै पनि उम्मेदवारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । “उम्मेदवारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटा मात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेकका भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन ।”

निर्वाचनस्थलमा उम्मेदवारसँग सम्बन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि नपाइने र ब्यानर प्रदर्शनमा समेत रोक लगाइएको छ । बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको प्रवक्ता सिग्देलले जानकारी दिनुभयो । पार्टीका प्रदेश, क्षेत्र र जिल्लाका अधिवेशन नजिकिँदै गर्दा कास्कीमा पार्टीको चुनावी चहलपहल बढेको छ । अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवार बन्न चाहने पार्टीका नेता तथा कार्यकर्ताले यतिखेर आफ्नो प्रचार अभियानलाई तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस