बुहारीको कु.टाइबाट जेठाजुको मृत्यु


गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कु.टाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कु.टपिटबाट उहाँ गम्भीर घाइते हुनुभएको थियो । शनिबार दिउँसो कु.टपिटबाट घाइते हुनुभएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ । पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि – कात्तिकमा २३१ मानव अधिकार उल्लङ्घन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ । प्रतिवेदनअनुसार बागमती प्रदेशमा १३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भएको उल्लेख छ ।

कात्तिकमा प्रहरीले १५ जना महिलासहित ११९ जनालाई गिरफ्तार गरेको छ । त्यसैगरी, यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुव्र्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएको जनाएको छ ।

कात्तिकमा कारागारमा एक जनाको मृत्यु भएको छ भने पतिद्वारा छ जना पत्नीको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि एक जनाको हत्या भएको छ । त्यस्तै, बाल अधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएको इन्सेक जनाएको छ ।

प्रतिक्रिया दिनुहोस