लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी


नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज रु दुई लाखको चेक हस्तारण गर्नुभएको थियो ।

यो पनि –  बाढीपहिरो पीडितलाई राहत वितरण

गत असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरामा परी पीडित भएका सायल गाउँपालिका–१ का पीडितलाई राहत वितरण गरिएको छ ।मिसो नेपालको आर्थिक सहयोग तथा कारितास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो । बाढीपहिराले खेती बगाएको तथा घर बगाएर पीडित भएका परिवारलाई प्रतिपरिवारलाई कम्बल दुई, त्रिपाल एक, ३० किलो चामल, पाँच किलो दाल, तीन लिटर खाने तेल तथा एक किलो नून वितरण गरिएको कारितास नेपालका अनुगमन मूल्याङ्कन अधिकृत माया बमले जानकारी दिनुभयो ।

बाढीपहिराका कारण खेतीयोग्य जमिन तथा घर नभएर पीडित भएका परिवारलाई संस्थाले खाद्यान्नलगायत लत्ताकपडासहित राहत वितरण गरेपछि पीडित खुसी भएका छन् । उक्त बाढीपहिराका कारण जिल्लामा १६ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका छन् । यहाँका अधिकांस बाढीपहिरो पीडितको अहिलेसम्म पनि पालमुनी बास भएको छ । बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई सरकारले जनही रु दुई लाखका हिसाबले राहत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस