ताप्लेजुङको सिटी हलमा नेपाली कथानक चलचित्र ‘घरजम’ प्रर्दशन हुदै


ताप्लेजुङ – नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रर्दशन हुने भएको छ । किरात याक्थुङ कलाकार मञ्च ताप्लेजुङको आयोजनामा मंसीर २५ गते शनिबार सिटी हलमा बिहान ११ बजे प्रर्दशन हुदैछ । रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

फिल्ममा कमेडी च्याम्पियन (सिजन – २) का बिजेता भरतमणी पौडेल, बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ आदिको अभिनय रहेकोछ । मौसम लिम्बुले निर्देशन गरेको चलचित्रलाई युवराज राइले छायांकन गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन्।

यो पनि – चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान

नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो । उक्त चलचित्रलाई सेन्सर बोर्डको चलचित्र जाँच समितिले सर्टिफिकेट प्रदान गरेको हो । आज सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि चलचित्रप्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएका हुन् । सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिले हेर्न पाउनेछन् ।

द पाल्म गुप्र प्रालिको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको र हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको छ । लक्ष्मण सुनारको कथा, देवजङ्ग थापाको छायाङ्कन तथा निर्देशनमा बनेको चलचित्रमा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको चलचित्रमा अभिनय छ ।

ब्राह्मण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिब चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता लामाले बताउनुभयो । चलचित्र ‘टुल्की’लाई नेपालमा भन्दा पहिले विभिन्न मुलुकमा प्रदर्शन गरिने र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने निर्माण समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस