सहकारी समृद्ध भए देश समृद्ध बन्छ : प्रदेश प्रमुख खापुङ


प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले सहकारी समृद्ध भए मात्र मुलुक समृद्ध हुने धारणा व्यक्त गर्नुभएको छ । झापाको पुरानोमध्येको महेन्द्रद्वार सहकारी संस्थाको काँकडभिट्टामा आज भएको ३२औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले गरिबी र बेरोजगारी समस्या हल गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । “देशमा बढिरहेको गरिबी र बेरोजगारी समस्याको अन्त्य सहकारीले गर्न सक्दछ”, उहाँले भन्नुभयो, “उत्पादनमूलक क्षेत्रमा लगानी गरेर सहकारीले नेपालीको जीवनस्तर उकास्न मद्दत पु¥याइरहेको छ । देशलाई आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा बलियो बनाउन सहकारीले योगदान दिनुपर्छ ।”

नेपालीको आयस्रोत कमजोर रहेको, गरिबीले सताएको र रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता सिर्जना भएको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ्य र पर्यटन विकासका अग्रसर हुन सहकारी संस्थालाई आग्रह गर्नुभयो । सरकारले तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई आर्थिक विकासको महत्वपूर्ण आधारको रूपमा लिएको उल्लेख गर्दै प्रमुख प्रमुख खापुङले सहकारी क्षेत्रलाई व्यापार घाटा न्यूनीकरण र निर्यात प्रवद्र्धनमा जोड दिने गरी आर्थिक गतिविधि बढाउन सुझाव दिनुभयो ।

उहाँले आयात प्रतिस्थापन हुने अभियान आजको मुलुकको आवश्यकता भएको र त्यसमा सहकारी क्षेत्रले अग्रणी भूमिका खेल्नुपर्ने बताउँदै विदेशबाट प्राप्त रेमिट्यान्समा मात्र मुलुकको अर्थतन्त्र चल्ने अहिलेको अवस्थामा परिवर्तन ल्याउन जरुरी रहेको औँल्याउनुभयो । संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङले संस्थाका संस्थापक, पूर्वअध्यक्ष, कार्य समितिका पूर्वसदस्य र सल्लाहकारलगायत ३६ जनालाई सम्मान गर्नुभएको थियो ।

झापाको पुरानोमध्येको यस सहकारीलाई पुनः चलायमान बनाउँदै संस्थाको वत्र्तमान नेतृत्वले जडीबुटीजन्य उद्योगसमेत सञ्चालन गरिरहेको छ । साधारण सभाको उद्घाटन सत्रमा नेकपा (एमाले) मेचीनगर अध्यक्ष राजु दाहाल, नेपाली कांग्रेस मेचीनगर सचिव मुकेश लिम्बू, नेकपा (माओवादी केन्द्र)का मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङलगायतले मन्तब्य राख्दै सहकारीले सदस्यको हित र मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

यो पनि – गोलाप्रक्रियाबाट पेसीको पहिलो दिन : भएन उत्साहप्रद सुनुवाइ

नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ भएको देखिएन । उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका थिए । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन् ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा तोकिएको थियो । त्यसमा बेन्च नबसेको जनाइएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । एउटा मुद्दामा अन्य आदेश भएको छ । अरु कुनै पनि मुद्दामा सुनुवाइ भएको छैन ।

न्यायाधीश दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको थियो । एउटा मात्र मुद्दामा सुनुवाइ गरिएको छ । न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दामा पेसी तोकिएको थियो तर उक्त बेच्न नबसेकोे जनाइएको छ ।न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दामा पेसी तोकिएकोमा एक थान मात्र हेरिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा थियो तर सुरुबाटै हेर्न नभ्याइनेमा छ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयालको संयुक्त इजलासमा १७ थान मुद्दामा पेसी तोकिएकोमा कुनै पनि मुद्दामा सुनुवाइ भएन । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा १९ थान मुद्दा तोकिएकोमा एउटामा फाइल झिकाउने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको थियो । तीन थान मुद्दामा सुनुवाइ भएको छ ।

त्यस्तै, एकल इजलासमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान मुद्दामा पेसी थियो । उक्त इजलासमा बेन्च नबसेको जनाइएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा पेसी तोकिएको थियो । त्यहाँ थान मुद्दामा सुनुवाइ भएको छ । एघार इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । त्यसमध्ये जम्मा तीन मुद्दामा फैसला भएको छ । अधिकाश मुद्दा हेर्न नभ्याउने र बेन्च नबसेको भनेर जनाइएको छ । एक महिनाभन्दा लामो समयदेखि अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन भएपछि सबै मुद्दाको प्रभावकारी सुनुवाइ हुने विश्वास गरिए पनि इजलासमा उत्साहप्रद सुनुवाइ पहिलो दिन नै देखिएन ।

प्रतिक्रिया दिनुहोस