विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि कूटनीटिक पहल गरिने


विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि नेपाल सरकारले पहल गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतमा आज भएको बैठकमा प्रभावित विद्यार्थीहरुको निवेदन, सो सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनसमेतका आधारमा निकासका लागि कूटनीटिक पहल गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले जानकारी दिनुभयो ।

बैठकमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चाधिकारीसमेतसँग छलफल भएको थियो ।

यो पनि – बङ्गलादेशी पाहुनाले गरे कृषि सहकारीको अवलोकन

बङ्गलादेशी पाहुनाहरुले आज काठमाडौँमा रहेको मनमुरी कृषि सहकारीको अवलोकन भ्रमण गरेका छन् । नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा यही १३ गते काठमाडौँ आइपुगेका १० सदस्यीय टोली पोखराबाट फर्केलगत्तै आज उक्त सहकारीको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा बङ्गलादेशबाट आउनुभएका डा नजमुद्दीन अल हुसाइनीले मनमुरी कृषि सहकारी संस्थाले नमूनाका रूपमा काम गरेको बताउनुभयो ।

कृषिविना मानव जीवन असम्भव भएको र अर्थतन्त्र बलियो बनाउन पनि कृषि सहकारीमार्फत अघि बढ्नुपर्ने धारणा डा हुसाइनीले राख्नुभयो । सङ्घका अध्यक्ष दीनदया रिजालले बङ्गलादेश र नेपालको सम्बन्ध थप उचाइमा पु¥याउन दुई देशबीच कला, साहित्य संस्कृति, पर्यटन, कृषि सहकारी जस्ता विषयमा मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार नेपाली प्रतिनिधिमण्डलले पनि छिट्टै बङ्गलादेशको भ्रमण गर्नेछ । बङ्गलादेशबाट आउने टोलीमा चिकित्सक, कृषिविज्ञ, समाजसेवी र व्यापारीेको सहभागिता रहेको छ । सङ्घको निमन्त्रणमा बङ्गलादेशका पाहुना सोमबार नेपाल आएका हुन् । पाहुना आगामी हप्ता स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस