राजनीतिलाई अदालतको विषय बनाउन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल


नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिलाई अदालतको विषय बनाउन नहुने बताउनुभएको छ । अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान’ कार्यक्रममा उहाँले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनमा जानुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

जबसम्म पार्टी रुपान्तरण हुन सक्दैन तबसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो । चितवन महाधिवेशनबाट एमाले थप एकताबद्ध भएको उहाँले बताउनुभयो । “एमाले जनता र कार्यकर्तामा भिजेको पार्टी हो”, उहाँले भन्नुभयो । एमाले नै मुलुकको नेतृत्व गर्ने पार्टी भएको पोखरेलले जिकिर गर्नुभयो । अब पार्टीको यात्रा जनताको बहुदलीय जनवादको मार्गसिद्धान्तमा समाजवादको आधार तयार गर्ने आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

“नेपालको परिवर्तनको यात्राको नेतृत्व वामपन्थी र कांग्रेस मिलेर गरेको हो”, पोखरेलले भन्नुभयो, “अब नेपाललाई कुन बाटोमा हिँडाउने भन्नेमा राजनीतिक दलले आफ्नो पार्टीभित्र बहस चलाउनुपर्छ ।” अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले देशभरिका युवालाई अनेरास्ववियुमा सङ्गठित गर्नका लागि अभियान सञ्चालन गरेको बताउनुभयो । अभियानमा १० लाख विद्यार्थीलाई आबद्ध गराउने उहाँको भनाइ थियो । अनेरास्ववियुका महासचिव समिक बडालले त्रिचन्द्र क्याम्पस र रुपन्देहीको गैडहवा गाउँपालिका–२ स्थित जोगडा माविबाट महाअभियान सुरु गरिएको जानकारी दिनुभयो ।

यो पनि – पोखरामा ‘आइटिएफ वल्र्ड टेनिस सर्किट–२’ सुरु

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा आजदेखि ‘आइटिएफ गल्र्स÷ब्वाइज यू–१८ वल्र्ड ¥याङ्किङ टेनिस टुर जे–५ सर्किट–२’ का खेलहरु सुरु भएका छन् । टेनिस खेलको सर्वोच्च नियमनकारी निकाय अन्तर्राष्ट्रिय टेनिस महासङ्घसँगको सहकार्यमा जिल्ला टेनिस सङ्घले पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको सर्किट–१ को सम्मानपछि आजदेखि सर्किट–२ सुरु भएको हो ।

पहिलो दिनको खेलमा महिला तथा पुरुष दुवैतर्फ एकलतर्फ २० र डबल्सतर्फ चार खेल सम्पन्न भएकामा नेपाली खेलाडीहरुले मिश्रित प्रदर्शन गरेका छन् । पुरुषतर्फ नेपालका शीर्ष वरियताका खेलाडी आरभ सम्राट हाडा तथा महिलातर्फ दोस्रो वरियताका सलोनी तामाङ र सुभाङ्गी लक्ष्मी राणाले एकलतर्फ जीत निकाल्न सफल हुनुभयो ।

आरभले भारतका आर्या भट्टाचार्यलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्नुभयो भने सलोनीले भारतका सोहनी सञ्जय मोहनीलाई टाइब्रेकरमा ६–०, (६–७) र ६–१ ले पराजित गर्दा सुभाङ्गीले बेल्जियमका मिया क्रेस्तेवालाई टाइब्रेकरमा ४–६, ६–२ र ६–३ ले पराजित गर्नुभयो ।एकलतर्फको २० खेलबाट महिला र पुरुषतर्फ आठ÷आठजना गरी १६ नेपाली खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । सर्किट–२ मा नेपालसहित ११ देशका महिला र पुरुष गरी ८८ खेलाडीको सहभागिता रहेको आइटिएफ प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो । प्रतियोगिता यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

विजेता खेलाडीले स्वर्ण र रजत पदक प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा विजयी भएपश्चात् अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) बाट ¥याङ्किङ (अङ्क) प्राप्त गर्ने कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले जानकारी दिनुभयो । खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट प्राप्त अङ्कबाट खेलाडीको वरियता तय हुने बताइन्छ ।

यसअघि गत शनिबार सम्पन्न सर्किट–१ अन्तर्गतको प्रतियोगितामा महिला एकलतर्फ नेपालका सलोनी तामाङ र पुरुषतर्फ स्विडेनका इमिलियो जियोलेस्कीले उपाधि जित्न सफल हुनुभएको थियो । यसैगरी महिला डबल्सतर्फ नेपालका अभिलाषा विष्ट र सलोनी तामाङको जोडी र पुरुषतर्फ अमेरिकाका सिद्धार्थ लामा र मेथ्री ब्यारोटको जोडीले उपाधि उचालेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस