सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग छौँ : अध्यक्ष यादव


जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताउनुभएको छ । जसपा नेपाल महोत्तरीद्वारा आज लोहारपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाप्रति सबै सजग रहनुपर्ने उल्लेख गर्नुभयो । सङ्घीयता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायम रहेको उहाँको भनाइ थियो । अध्यक्ष यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा आएको बताउनुभयो । “सङ्घर्षको यात्रा अझै जारी छ”, उहाँले भन्नुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ल्याएको आरक्षणसम्बन्धी व्यवस्था विश्वकै उत्कृष्ट भएको बताउनुभयो । आरक्षणको सुविधा प्राप्त गर्न दलित, महिला, मुस्लिमलगायत समुदायले बालबालिकाको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । मुलुकमा प्रजतान्त्र स्थापनापछि पटक पटक सरकारमा गएको राजनीतिक दलहरुले जनअपेक्षा अनुरुपको काम गर्न नसकेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले मधेस आन्दोलनको भावना र उत्पीडित वर्गको सम्मानका लागि एकपछि अर्को लोकप्रिय कार्यक्रम ल्याएको स्पष्ट पार्नुभयो । कार्यक्रममा जसपा कार्यकारिणी सदस्य राजकिशोर यादव, प्रदेशसभा सदस्य करिमा वेगम, संविधानसभा सदस्य धर्मेन्द्र साह, जिल्ला अध्यक्ष नागेन्द्रप्रसाद यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो पनि – उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँ : प्रस्तावित राजदूतत्रय

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतले मुलुकको राष्ट्रियहित र स्वाधीनतालाई शिरमा राखेर आर्थिक कूटनीतिद्वारा लगानी भित्र्याउन भरमजदुर प्रयास गर्ने बताउनुभएको छ । संसदीय सुनुवाइका क्रममा उहाँहरूले नेपालको विकास र समृद्धिका सहयात्री मुलुकसँग बृहद् राष्ट्रिय स्वार्थका आधारमा विश्वास स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने अठोेट व्यक्त गर्नुभएको हो ।

सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएकामा समितिले सर्वसम्मतिबाट तीनै जनाको नाम अनुमोदन गरेको छ । समितिसमक्ष आफ्नो अनुभव, योग्यता, क्षमता, अभिरुचि र अवधारणा प्रस्तुत गर्ने क्रममा उहाँहरुले नियुक्ति भएर जाने तत् देशबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने, त्यहाँ रहेको नेपालीको हितमा काम गर्ने र लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाउनुभयो ।


संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य आफ्नो भनाई राख्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

उहाँहरूले मुलुकको संविधान र परराष्ट्र नीतिका आधारमा विवेक पु¥याई कर्तव्यनिष्ठ भएर वैदेशिक सहयोग प्रवद्र्धनका लागि जोड दिने बताउनुभयो यसअघि बैठकमा सदस्यहरूले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र धन नेपालमा भित्र्याउने सुझाव दिनुभयो । उहाँहरुले राजनीतिक प्रक्रिया र कूटनीति संयन्त्रका आधारमा समृद्धि भित्र्याउन भूमिका खेल्न तथा युवाको सपनालाई साकार तुल्याउने कामका लागि कार्यायोजना बनाएर काम गर्न निर्देशन दिनुभयो ।

अघिल्लो सरकारले नियुक्ति गरेका तत्तत् देशका राजदूत फिर्ता बोलाएपछि ती मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस भएका तीनैजनाको नाम अनुमोदन भएसँगै नियुुक्तिका लागि बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट उहाँहरुको नियुक्ति हुनेछ । प्रस्तावित तीनैजना नेपालको आर्थिक र कूटनीतिक क्षेत्रका हस्तीका रुपमा परिचयन बनाउनुभएका व्यक्तित्व हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस