महाकाली अस्पतालमा ¥यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया


महाकाली अस्पतालमा ¥यालग्रन्थीमा रहेको ट्युमरको सफल शल्यक्रिया गरी निकालिएको छ । ¥यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ वर्षीया लिला पन्तको ट्युमर निकालिएको हो । तीन वर्षदेखि कानको तल ¥यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । शनिबार उहाँको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो ।

अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले ¥यालग्रन्थीमा रहेको चार सेन्टिमिटर लामो र तीन सेन्टिमिटर चौडाइ बराबरको ट्युमर शल्यक्रिया गरी निकालिएको जानकारीदिनुभयो । ट्युमर समयमै निकालिँदा क्यान्सर हुनबाट जोगाइएको उहाँले बताउनुभयो । शल्यक्रिया गरिएका महिलाको स्वास्थ्य अवस्था सामान्य रहेका उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । शल्यक्रियामा डा भट्ट, डा जेन्स थापामगर) एनएसथेसिया डा दीपक ठकुराठीलगायतको सहभागिता रहेको थियो ।

शल्यक्रिया गरिएका महिलाका श्रीमान् मानप्रसाद पन्तले तीन वर्षदेखि श्रीमतीको कानमुनि मासुको गाँठा देखिएपछि उपचारका लागि निकटवर्ती भारतीयदेखि यहाँका धेरै अस्पतालमा पुगे पनि उपचार हुन नसकेको बताउनुभयो । “धेरै ठाउँमा देखायौँ”, उहाँले भन्नुभयो, “रु ६० हजार सकिँदासमेत निको भएन । महाकाली अस्पतालमा शल्यक्रिया गर्न रु ३७ हजार खर्च गरी सफलरुपमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएपछि निकै खुसी भएका छौँ ।” “कानमुनि पलाएको मासुको गाँठा पहिला सानो थियो । विस्तार बढ्दै गयो”, शल्यक्रिया गरिएकी लिलाले भन्नुभयो, “बढ्दै जान थालेपछि निकै दुख्नसमेत थाल्यो । अस्पतालमा शल्यक्रिया भएपछि अहिले सहज भएको छ ।”

यो पनि – भजनले गुञ्जियो बालाजीधाम

बागलुङ, २७ मङ्सिर (रासस) ः चिसो याममा पनि तिरुपति बालाजीधामको माहोल भने गर्माएको छ । शुक्रबारदेखि चलिरहेको राष्ट्रिय लोकभजन महोत्सवले त्यस पवित्रस्थलमा बेग्लै रौनक थपेको हो । महोत्सवमा भक्तजन÷दर्शकको दैनिक भीड लागिरहेको छ । त्यहाँ पुग्दा कोही भजनमा मुग्ध देखिन्छन्, कोही नाचेर रमाइरहेका । बागलुङ नगरपालिका–४ कुँडुले फेदीको बालाजीधाम यतिबेला भक्तिसङ्गीतले गुञ्जायमान छ । मङ्गलबारसम्म चल्ने महोत्सवमा विभिन्न जिल्लाका ४० भन्दा बढी समूहले लोकभजन प्रस्तुत गर्ने आयोजक समितिका संयोजक राजु खड्काले बताउनुभयो ।

गीता जयन्तीको सन्दर्भ पारेर महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । धाम परिसरमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयको दोस्रो वार्षिकोत्सव पनि यहीबेला परेको छ । नेपाली सभ्यता र संस्कृतिसँग जोडिएको लोकभजन जगेर्नाका लागि महोत्सव आयोजना गरिएको संयोजक खड्काले बताउनुभयो ।“हाम्रो मौलिक परम्पराको रुपमा रहेको लोकभजनको संरक्षण होस्, नेपाली भजन संस्कृतिमा नयाँ जागरण आओस् भनेर महोत्सव राखेका हौँ”, उहाँले भन्नुभयो । आइतबारसम्ममा २३ भजन समूहले महोत्सवमा भाग लिएका छन् । भजन समूहका कलाकारको आउजाउका लागि यातायात खर्चको प्रबन्ध आयोजकले गरेको छ । गोरखा, तनहुँ, लमजुङ, कास्कीलगायत छिमेकी जिल्लाका कलाकार समूहमार्फत महोत्समा सहभागी भएका हुन् ।

महोत्सवमा सहभागी भजन समूहले गायनसँगै भगवान शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभिनयमा उतार्ने गरेका छन् । धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाईसमेत उठान गरेर गाउने भजन समूहले पनि महोत्सवमा भाग लिइरहेका छन् ।“सन्देशमूलक भजन गाउने गरिए पनि भजनको मूल चरित्र चाहिँ ईश्वरीय कथा, गाथा, भगवानको गुणगान गाउनु नै हो”, जैमिनी सङ्र्कीतन समूहका अध्यक्ष टेकबहादुर क्षत्री ‘सङ्गम’ले भन्नुभयो । भजनले आत्मिक शान्ति दिने र मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने उहाँको भनाइ छ । देवी, देउताको गुणगान र वर्णन गरेर भजन गाउने गरिन्छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणीक कथा अभिव्यक्त हुने गरेको छ ।

कुनै ताका मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले पछिल्लो समय मेला, महोत्सवमा ठाउँ लिँदै गएको छ । यसअघि लगातार दुई वर्षसम्म महाशिवरात्रिमा काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा राष्ट्रिय लोकभजन प्रतियोगिता आयोजना गरिएको थियो ।पश्चिमा संस्कृति हावी भइरहेका बेला नेपाली मौलिक संस्कृतिका रुपमा रहेको लोकभजनको उत्थानका लागि यस किसिमका महोत्सव र प्रतियोगिताले टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सव अवलोकनपछि बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भजन सत्सङ्गको सरल माध्यम भएको प्रतिक्रिया दिनुभयो ।

“सत्कर्ममा लाग्न र ज्ञान प्राप्तिको एउटा माध्यमको रुपमा भजन, सङ्र्कीतनलाई लिने गरिन्छ”, उहाँले भन्नुभयो । महोत्सवले धाममा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालय र श्री रङ्गबेङ्कटेश मुक्तिनारायण मन्दिरको महत्वसमेत थप उजागर गरेको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।महोत्सवमा आउने भक्तजन÷दर्शकले शालग्राम सङ्ग्रहालय अवलोकनको समेत मौका पाएका छन् । उक्त सङ्ग्रहालयमा सवा लाख शालग्राम शिला राखिएको छ । भगवान विष्णुको प्रतिकका रुपमा पूजिने शालग्राम कालीगण्डकी नदीमा मात्र पाइन्छ ।

महोत्सवमा गायक एवं राष्ट्रिय भजन चुट्का समितिका अध्यक्ष प्रजापति पराजुली, भजन गायक रेशम सापकोटालगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको शुक्रबार गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस