नेप्सेमा सकारात्मक सर्किटः बाँकी समयको कारोबार बन्द


धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि आज बाँकी समयको कारोबार बन्द गरिएको छ । यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात १२ः३८ मा नेप्सेको सूचक ११४दशमलव २५ अङ्क अर्थात पाँच दशमलव ०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।

कारोबार बन्द भएको ४० मिनेपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्ने वित्तिकै निरन्तर बढेर छ दशमल०१ प्रतिशतले नेप्से बढेकाले आजको कारोबार बन्द भएको नेप्सेले जनाएको छ । नेप्सेले कारोबार अवधिभर छ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ । कारोबार खुलेको पहिलो घण्टाभित्रै चार प्रतिशत र दोस्रो घण्टाभित्र पाँच प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ । त्यसपछि पनि छ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।

यो पनि – ‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु

कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ ।ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो । विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल्पडेस्क राखिएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित सरोकारवालासंँग आयोजित प्रदेशस्तरीय कोभिड ओमिक्रोन नियन्त्रण पूर्व तयारी छलफल कार्यक्रममा भारतमा लामो समय बस्ने नेपालीलगायत तेस्रो मुलुकबाट आउने नागरिकको स्वास्थ्य जाँच, एन्टिजेन परीक्षणका साथै १४ वटै जिल्लाका जिल्ला अस्पतालमा थप सघन उपचार केन्द्रसहित आक्सिजन प्लान्ट जडान गरिएको जनाएको छ ।

सबै सीमा नाकामा अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको तथा मेची, उदयपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा तथा तेह्रथुम जिल्लाका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम सम्पन्न भएको तथा ती अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाइएको बताइएको छ ।

मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले कोरोना खोप केन्द्रको दायरा बढाउँदै खोपलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोनाविरुद्धको खोपको सहज उपलब्धता भएकाले विद्यालय तथा स्थानीय तहका प्रत्येक वडाका खोप केन्द्र वृद्धि गरी अभियान सञ्चालन गर्न सम्बन्धित सरोकारवालाई निर्देशन दिनुभयो ।

नेपाली सेना दुई नम्बर बाहिनी इटहरीका बाहिनीपति प्रकास देउजाले प्रदेशमा सञ्चालित हेल्प डेस्कलाई व्यवस्थित गर्दै सीमानाकामा होल्डिङ सेन्टर निर्माणमा सेनाको सहयोग रहने बताउनुभयो । प्रदेश नं १ का प्रहरी कार्यालयका प्रमुख अरुणकुमार विसीले भारतसँग सीमा जोडिएको नाकामा जनचेतना वृद्धि गर्नुका साथै स्वास्थ्य चेकजाँच बढाएर ओमिक्रोन नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सशत्र प्रहरी बल पकलीका बाहिनीपति कमल गिरीले भारतमा ओमिक्रोेनको सङ्क्रमण वृद्धि भएमा नेपालमा भयावहस्थिति आउने हुनाले अहिलेदेखिनै तयारी तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा सागर पौडेल, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, स्वास्थ्य कार्यालय परिवार नियोजन शाखाका अधिकृत कन्हैया साह तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहलगायतले प्रदेशमा कोभिड नियन्त्रण व्यवस्थापन तथा रोकथामका बारेमा भइरहेको कामको बारेमा जानकारी गराउनुभयो ।  यो प्रदेशमा यही मङ्सिर २६ गतेसम्म १४ लाख आठ हजार २११ (४३ दशमल ६३ प्रतिशत) लक्षित समूहलाई खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस