फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’ कारण हजारौंले घरबार छोडेका छन्


१ पुस (रासस÷एएफपी) – फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका छन् ।आँधी आएको यस अवस्थामा १८५ किलोमिटर (११५) प्रति घण्टाको अधिकतम निरन्तर हावा चलेको थियो । हावाको गति १९५ किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने चेतावनी दिइएको छ । हावाको यस गतिमा आएमा यसवर्षको सब भन्दा शक्तिशाली आँधी हुने एजेन्सीले जनाकारी दिएको छ ।

प्रशान्त महासागरमा आएको यस आँधीका कारण ४५ हजार भन्दा बढी धेरै मानिसले आफ्नो आश्रयस्थल खोजी गरेको राष्ट्रिय प्रकोप एजेन्सीले जनाइएको छ । शनिबारसम्म साउथ चाइना सागर माथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, र मिन्डानाओ र पलावान टापुहरू पार गर्दा थोरै कमजोर हुने अपेक्षा गरिएको छ ।प्रत्येक वर्ष फिलिपिन्समा औसत २० ओटा आँधीबेहरी र टाइफुनहरूबाट प्रभावित पारेको पाइन्छ । यसले सामान्यतया पहिले नै गरिब क्षेत्रहरुमा रहेका पसल, घरहरू र पूर्वाधारहरू नष्ट गर्ने गरे का छन् ।

यो पनि – डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, नौ जनाको मृत्यु

डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ । विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो। आकस्मिक अवतरण गर्ने क्रममा उडान भरेको १५ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।

हेलिडोसा एभिएसन ग्रुपले दुर्घटनाले आफूहरूलाइ ठूलो पीडा र शोक दिएको जनाएको छ । “हामी अनुरोध गर्दछौं तपाई बुद्धिमानीपूर्वक प्रभावित परिवारहरूलाई सहयोग गर्न एकतामा सामेल हुनुहोस्, जो हामीसँगै यस कठिन समयबाट गुज्रिरहेका छन्,” समूहले उल्लेख गरेको छ । अहिलेसम्म आकस्मिक अवतरणको कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस