आज देशभरका प्रमुख दश समाचार (भिडियो सहित)


प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता, एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । छलफलको क्रममा एमसीसी सम्झौता अगाडि बढाउने विषयमा देउवाले एमालेको सहयोग मागेको बुझिएको छ ।
कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुुटेका छन् भने यता महिलालाई दुव्र्यवहार गर्ने सुर्खेतका तीन जना धामी र पुजारी पनि एक एक लाख धरौटीमा छुुटेका छन् ।
फेरि फैलिँदै कोरोना, महाधिवेशनपछि माओवादी नेताहरुमा संक्रमण पुष्टि हुन थालेको छ । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोभिड–१९ को संक्रमण देखिएको छ । उनलाई संक्रमण देखिएपछि प्रधामनमन्त्री शेरबहादुर देउवापनि आईशोलेसनमा बसेका छन् ।
पर्सामा गम्छाले घाँटी बेरिएको अवस्थामा बालकको शव भेटियो, वीरगञ्जमा पनि निर्माणधीन घरमा बालिकाको शव फेला परेको छ । तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । अवार्डको पुरुषतर्फ अन्तिम तीनमा २०२० का विजेता रोबर्ट लेवान्डोस्की सहित मेस्मी र मोहम्मद सालाह प्रतिष्पर्धामा र रहेका छन् ।
थपसमचारको लागी भिडियोमा हेनुहोस् ।

प्रतिक्रिया दिनुहोस