आज पौष २५ गते दिनभरका मुख्य समाचार (भिडियो सहित)


बढ्दो कोरोना संक्रमणका कारण कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि, २७ जनामा कोरोनाभाइरसको आमिक्रोन भेरियन्ट संक्रमण, कोरोना डेल्टाक्रोन भेरियन्ट पनि भेटियो ।
नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले होडिङ बोर्ड पनि राख्ने, भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई नेकपा एमाले अध्यक्ष ओलीको आग्रह । नोबेल मेडिकल कलेजमा विद्याथीहरुद्धारा तोडफोड, विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरु उत्रिएपछि तनाव ।
साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंक बढिले बढ्यो, शेयर सदस्यहरूद्धारा धरानको बराह बचत तथा ऋण सहकारी संस्था दिनभर घेराउ ।।
वाग्मती प्रदेशद्धारा माघ १ गतेदेखि लागू हुने गरी ट्याक्सीको भाडादर समायोजन, ट्याक्सी व्यवसायीहरु भने असन्तुष्ट । देशमा ‘नर्कको ढोका’ बन्द गर्न तुर्कमेनिस्तानका राष्ट्रपतिको आदेश, काजकस्तानमा उत्पन्न अशान्तिका कारण यो हप्ता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि ।

प्रतिक्रिया दिनुहोस