भोलीको राशिफल : वि.सं.२०७८ साल माघ ०१ गते । शनिबार । ईश्वी सन् २०२२ जनवरी १५ तारिख


वि.सं.२०७८ साल माघ ०१ गते । शनिबार । ईश्वी सन् २०२२ जनवरी १५ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–त्रयोदशी, रातको १२ बजेर ५३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–मृगशिरा, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त आद्र्रा । योग–ब्रम्ह, दिउसो ०३ बजेर ३० मिनेट उपान्त ऐन्द्र । करण–कौलव, बिहान ११ बजेर ४८ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर ५३ मिनेट उप्रान्त गर । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृष, बिहान १० बजेर २९ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट । दिनमान २६ घडी १८ पला ।

माघ संक्रान्ति, उत्तरायणारम्भ,शनिप्रदोषव्रत,माघीपर्व,गौखुरीमेला तेह्रथुम,देवघाटमा मकरस्नान शुरु, वराहक्षेत्र,शङ्कमूलादि तीर्थस्थलहरुमा मकर स्नान ,घ्योचाकुसल्हुँ,रुरुरिडिक्षेत्रमा तीनदिने मेला,छन्त्याल जातिको पर्व ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसायमा बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

साप्ताहिक राशिफल हेर्नुहोस : पुस २५ गते आईतबारदेखि माघ ०१ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले सत्रु तथा प्रतिश्पर्धिहरुलाई पराजित गर्दै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ भने मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यावसायमा लगानि बढाउदा राम्रो प्रतिफल प्राप्त हुनेछ भने नयाँ नयाँ कामको प्रस्ताब आउँने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण अझ मजबुत भएर जानेछ । आलोचना गर्नेहरु तपाईकै काम तथा कुरा गर्दै हिड्नेछन् । शैक्षिक क्षेत्रमा लगानि बढाई राम्रो शिक्षा दिक्षा दिने अवसर प्राप्त हुने हुदा सबैले तपाईको कामको सम्मान गर्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) राजनिति तथा सेवामुलक काममा दिन बिते पनि जनताको मन जित्न निकै नै संघर्ष गर्नु पर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । बाहिरि वाताबरणको ख्याल गर्नुहोला श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । पठन पाठनमा समय दिन सकिने अवस्था रहने छैन भने आफन्त तथा घर परिवारमा उपस्थिति जनाउँन नसक्दा तपाईदेखि टाडिन सक्छन् ख्याल गर्नुहोला । बिहिबार बेलुकाबाट समय तपाईकै पक्षमा आउँने हुनालेसत्रु तथा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । मामा तथा आफन्तहरुको सहयोग पाईने हुनालेमहत्वपुर्ण अवसरहरु प्रयोग गरि फाईदा लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । मंगलबार बेलुका बाट समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । आमा, आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) हप्ताको शुरु तथा अन्त्य तिरको समय मध्ययम रहेकोले आफन्तजन तथा कुटुम्बहरु तपाईको स्वार्थि ब्याबहारले टाडिन सक्छन् । पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै मेहनेत गर्नुपर्नेछ । बोल्दा ध्यान दिनुहोला खरो बोली बोल्दा काम बिग्रन तथा बोलिको प्रभाब घट्न सक्छ । तयारि बिनानै गरिने प्रस्तुतिले कार्य क्षेत्रमा तपाईको खरो आलोचन हुने हुनालेअध्ययन बढाउन जरुरि देखिन्छ । सामाजिक तथा राजनितिक बिषयहरुको उठान नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु किनारा लाग्ने छैनन् । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । बुधबार तथा बिहिबारको समय राम्रो रहेकोले पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोग हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । मंगलबार बेलुकाबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ । बुक्रबारदेखि समय पुनह राम्रो आउँने हुनालेलेखन कलाको माध्यामबाट आफ्ना ओजिला भनाईहरु जनमानसमा पुर्याउँन सकिनेछ । जन सम्पर्क बढ्ने तथा दाजुभाई,छरछिमेकिबाट काममा सहयोग पाईने हुनालेमन प्रशन्न रहनेछ । रमाईलो तथा महत्वपुर्ण यात्राको तय हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । मंगलबार बेलुकिबाट समय राम्रो रहेकोले राम्रा पहिरमान सजिएर अरुको मन आफुतिर आकर्शित गर्न सकिनेछ । भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईनेछ तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । शुक्रबार तथा शनिबारको समय भनेजस्तो नहुने हुनालेरुपैया पैसाको कारोबार गर्दा वा खानपानमा ध्यान दिनुहोला असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । ईच्छा,आकाक्षा तथा मनोकामना हरु पुरा हुने समय रहेको छ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउँनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । मंगलबार बेलुका देखिको समय मध्ययम रहेकोले मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ भने बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । शुक्रबारदेखि समय पुँनह राम्रो आउँने हुनालेतपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुने हुनालेआफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । शुक्रबार तथा शनिबारको समय मध्यमय हरेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुन सक्छ ध्यान दिनुहोला । बिदेशि भुमिमा बसेर काम गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मंगलबार दिउसो सम्मको समय मध्ययम रहेकोले । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । मंगलबार बेलुकादेखि समय तपाईकै पक्षमा आउँने हुनालेसम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानि बढाएर प्रशस्त आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईनै अग्र पंत्तिमा आउनु हुनेछ । पारिवारिक माहोल तथा सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अवसरवादीहरुले हर तरह फसाउँन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्नेछ । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । हप्ताको अन्त तथा शुक्रबार तथा शनिबारको समय राम्रो भएको हँुँनाले उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान, ईज्जत,प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । पढाई लेखाईमा मन जाने तथा प्रणय सम्बन्धमा सात्मियताको बिकास हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बुधबारदेखि समय मध्ययम रहेकोले समयमा काम नबन्ने,आर्थिक संकटको सामना तथा ऋण लाग्ने हुनालेमानसिक तनाब बढ्नेछ । सवारि साधन चलाउदा वा बाटो हिड्दा होसियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । दिदि बहिनिबाट तपाईले आशा गरेजस्तो सहयोग नपाईने हुदा मन खिन्न हुनेछ । कामहरु बिग्रने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउँन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ । व्यावसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । हप्ताको अन्त तथा शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँन सक्ने हुनालेखानपानमा ध्यान दिनुहोला । पढाई लेखाईमा अरुभन्दा कमजोर भएको महशुष हुनेछ । घर परिवारमा दिदि बहिनी तथा पति पत्निबिच भएको बिवादले नराम्रो परिणाम सिर्जना हुनसक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस