भोलीको राशिफल : वि.सं.२०७८ साल माघ ०४ गते । मंगलबार । ईश्वी सन् २०२२ जनवरी १८ तारिख


वि.सं.२०७८ साल माघ ०४ गते । मंगलबार । ईश्वी सन् २०२२ जनवरी १८ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–प्रतिपदा । नक्षत्र–तिष्य । योग– विष्कुम्भ, बेलुकी ०४ बजेर २९ मिनेट उपान्त प्रिती । करण–बालव, बेलुकी ०५ बजेर ३५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २६ घडी २५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राविधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साहित्य तथा रचनात्मक क्षेत्रमा समय लगानि गरि नाम कमाउन सकिनेछ । माता पिताको आशिर्वादले समाजमा राम्रा काम गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ भने जीवन साथिको भरपुर सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नया प्रकृतिको खोज तथा अनुशन्धानबाट भनेजस्तो सफलता हात लाग्नेछ । शिक्षा पेशा तथा अध्यात्म क्षेत्र सँग सम्बन्धित कामहरु फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा कामहरु सकिने हुँदा अन्य क्षेत्रमा पनि हात हाल्ने तथा लगानि गर्ने बाताबरण बनाउन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने व्यापारकै शिलशिलामा देश बिदेशको यात्रा गर्न सकिनेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालत सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु सँग हुने स्वस्थ्य प्रतिष्पर्धामा अन्तत तपाईकै नाम अग्र स्थानमा आउनेछ । स्कुल,कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । शेयर बजारमा गरिएको लगानिमा केह सुधारको संकेत देखिनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । तपाईको कामदखि अग्रज तथा गुरुवर्गहरु खुसि हुनुहुनेछ भने चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

साप्ताहिक राशिफल हेर्नुहोस : माघ ०२ गते आईतबारदेखि माघ ०८ गते शनिबार सम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने बाहनामा रुपैया पैसा लिएर काम नगर्नेहरुदेखि सजक रहनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो रुपैया पैसा कमाउँन नसक्दा मन खिन्न हुनेछ । आर्थिक स्थिति सुदृड बनाउँन चालिएका कदमहरु निअर्थक हुनेछन् । माया प्रेममा अशिस्वास बढ्नेछ भने जीवन साथिसँगको सम्बन्ध चिसिन सक्छ ध्यान दिनुहोला । बिदेसी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशी धन तथा सम्पति हात लागी हुने योग रहेकोछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । बिहिबार दिउसोबाट समय राम्रो आउँने हुनाले राजनिति तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुनाले पछिको लागि पद प्राप्ति हुने योग रहकोछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनालेमन प्रशन्न रहनेछ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुनालेगन्तब्य पहिल्याउँन सहज हुनेछ । मंगलबारदेखि समय मध्ययम रहेकोले आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । हप्ताको अन्तमा लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हप्ताको शुरु र अन्तको समय राम्रो रहेकोले भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । दिगो फाईदा हुने लाभदाएका कामको थालनि गरि आर्थिक रुपमा सुदृड हुन सकिनेछ । चल तथा अचल पुँजी परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत धन सम्पती बढाउँन सकिनेछ । मगलबार दिउसोदेखि बिहिबार बिहान सम्मको समय मध्ययम रहेकोले सम्मानिम ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु अर्थहिन हुनेछन् । समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) हप्ताको शुरु तथा अन्त्य तिरको समय मध्ययम रहेकोले समयको ख्याल नगरि काम गर्दा समस्या निम्तन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुदा काम गर्न असजिलो हुनेछ । घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा सामान्य मनमुटाब हुने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुनालेनतिजा अरुकै पोल्टोमा पर्नेछ । काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुने हुदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । मंगलबार देखि बिहिबार बिहान सम्मको समय राम्रो रहेकोले उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न अलि बढिनै समय खर्चनु पर्नेछ । काम गर्ने सवालमा ध्यान दिनुहोला आम्दानिका स्रोतहरु एक्कासी बन्द हुन सक्छन् । अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुने भए पनि उपलब्धि न्यून हुने तथा खर्च बढ्ने हुदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला । बिहिबार बिहानदेखि समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनताको गतिलो साथ तथा समर्थन पाईनेछ भने समाजमा तारिफयोग्ग काम गरि नाम कमाउँन सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सम्पादन हुने हुनालेदैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । मंगलबार दिउसोबाट समय मध्ययम आउने भएकोले समयमा काम नबन्ने तथा ऋण लाग्ने हुनालेमानसिक तनाब बढ्नेछ । लामो दुरिको व्यावसायिक यात्रा हुने भएपनि गन्तब्य पहल्याउन मुस्किल पर्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । आफन्तबाट धोका हुनेछ भने मित्र तथा दिदि बहिनिबाट आश्वासन मात्र प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यावसाय फस्टाउँनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । मंगलबार दिउसोबाट समय समय मध्ययम आउने हुनाले सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको बिपक्षमा आउँनेछ । आफन्त तथा साथिभाइले सहयोग नगर्ने हुनालेएक किसिमको निरासा पैदा हुनेछ । माया प्रेम तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंका गर्नाले मनमुटाव बढ्नेछ । मामा तथा मावली पक्षसँग सामान्य बिषयमा पनि राय बाजिने हुनालेकाम गर्ने जागर हराएर जानेछ । व्यापार व्यावसायमा समय दिन नसस्दा घाटा लाग्ने तथा साझेदारहरु बिच मनमुटाब सिर्जना भई कामहरु अवरुद्ध हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले आत्मबल कमजोर हुने हुदा चुनौतिको सामना गर्न कठिन हुनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमाला लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने घर जग्गाको कारोबार फस्टाएर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना हुने तथा घर परिवारका सदस्यहरुले नै सहयोग नगर्दा कामहरु थाति रहनेछन् । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले बिवादित बिषयहरुमा प्रबेस नगर्नुनै राम्रो हुनेछ । मंगलबार बिहानदेखि बिहिबार बिहान सम्मको समय राम्रो भएकोले ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुनालेमन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ भने बहुप्रतिक्षित ईच्छा तथा आकांक्षाहरु पुस हुनेछन् । पढाई लेखाईमा मन जाने हुनालेस्कुल तथा कलेजमा सफल व्याक्तिको परिचय बन्नेछ । घर जग्गा तथा सवारि साधनको कारोबार फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुनालेमन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ । मंगलबार दिउसोबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा समय दिन नसक्दा आर्थिक आर्थिक कारोबार बिग्रनेछ ध्यान दिनुहोला । आफ्नै भन्नेहरुले अबिश्वास गर्ने तथा धोका दिनेछन् भने छोटो दुरिको व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्न बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नआउँने हुनालेकुनै पनि बादबिवाद तथा मुद्दा मामिलामा सामेल नहुनु होला । दाजुभाई तथा छिमेकि सँग नचाहादा नचाहादै बिवाद हुने तथा छुट्टिनु पर्ने अवस्थाको सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ । बिहिबार दिउसोबाट समय मध्ययम रहेकोले छोटो तथा लामो दुरिको यात्रा हुने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आई कामहरु प्रभावित हुनेछ । दाजुभाई तथा छिमेकि सँग बिवाद बढ्नेछ भने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछैनन् । झन्झटिलो यात्रा गर्नुपदा मनमा एक किसिमको बेचैन आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ

तपाईको साता शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस