गीतकार सुरेश आचार्यको गीति एब्लम ‘रमाउदै आयौ’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, फागुन २० । गीतकार सुरेश आचार्यद्धारा रचित ‘रमाउदै आयौ’ गीति एल्बम सार्वजनिक भएको छ। किरण कृयसन युट्युव च्यानलमार्फत गीतको अडियो–भिडियो बजारमा सार्वजनिक भएको हो ।

मेल र फिमेल दुबै भर्सनमा स्वर दिइएको यस गीति एल्बमको मेल भर्सनमा युवा गायक किरण भुजेलले र फिमेल भर्सनमा ममता गुरुङले आवाज दिएकी छिन् ।

नेपाल सरकारका सचिव समेत रहेका गीतकार आचार्यको साहित्यिक नाम भने ‘सियरा’ हो । पछिल्लो समय उनले आफूलाई गीतकारको रुपमा प्रस्तुत गरेका छन् । यही मेसोमा उनले लेखेको गीत ‘रमाउदै आयौ’ को भिडियो सार्वजनिक भएको हो ।

कुशल प्रशासकको छवि बनाएका आचार्य जागिर अवधिमा लामो समय पर्यटन मन्त्रालयमा बिताएर अहिले संघिय सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयमा सचिव छन् । इञ्जियर पृष्टभूमिका उनी कुशल प्रशासक त हुन नै,अब्बल गीतकार पनि हुन् । आचार्यले केही अघिमात्र ‘तिम्रो प्रेरणाले’ र ‘तिमी आकाश छुन’ नामक गीति एल्वम बजारमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस