युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन् : राष्ट्रसंघ


ओस्लो, फागुन २४ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको सङ्ख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताउनुभएको छ ।

‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ,’ शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस