साप्ताहिक राशिफल हेर्नुहोस : बैशाख ११ गते आईतबारदेखी बैसाख १७ गते शनिबारसम्मको


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मन परेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवन साथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने समय रहेकोछ । धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । मंगलबार दिउसोबाट बिहिबार अपरान्हको समय मध्यय रहेकोले सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । बिहिबार साझबाट समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । मंगलबार दिउसोबाट बिहिबार अपरान्हसम्मको समय मध्ययम रहेकोले हुलमुलमा बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आर्थिक रुपमा केहि कमजोरी भएको महशुष हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । मंगलबार दिउसोबाट समय तपाईकै पक्षमा आउने हुनाले माया प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ । न्यायल क्षेत्रसँग सम्बन्धित बिवाद तपाईकै पक्षमा फैसला हुनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । विवादित बिषयहरु आज टुङग्याउनु उचित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थ प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ । आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु रिनो गर्न सकिने हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । मंगलबार दिउसोबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ । छोटो तथा लामो दुरिको यात्रा हुँने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ । अन्य कामको बोझले पढाई लेखाई प्रभावित हुनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आई कामहरु प्रभावित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुने हुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ । राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने हप्ताको अन्ततिर छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मंगलबार बिहान सम्म व्याय भावमा गोचर गर्ने चन्द्रमाले खर्च बढाएपनि लामो दुरिको यात्रा हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ध्यान दिनुहोला । मंगलबार दिउसोबाट अप्पकालिन तथा दीर्घकालिन योजना बनाई अगाडि बढ्दा सफलको सिडि चड्न सकिनेछ । व्यापारमा बृद्धि भएर जाने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ । राजनिति तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुँने योग रहकोछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । मंगलबार दिउसोबाट समय मध्यमय रहेकोले अनाबस्यक खर्च बढ्नुको साथै आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ । स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपाचार खर्च बढेर जानेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा पनि बिवाद सिर्जना हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा केहि समयको लागि टाडिनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । औजार तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नु होला समय मध्ययम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समयले साथ लिने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । हप्ताको अन्ततिरको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईलाई छोडेर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । मंगलबार दिउसोबाट बिहिबार दिउसो सम्मको समय मध्ययम रहेकोले समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । सरकारि तथा प्रशासनिक कामहरु समयमा नहुँदा मनमा निरासा जाग्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मंगलबार बिहान सम्मको समय मध्यमय रहेकोले सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ । मंगलबार दिउसोबाट समय तपाईकै पक्षमा आउने हुनाले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

तपाईको साता शुभ रहोस ।

आजको राशिफल : वि.सं.२०७९ साल वैसाख ११ गते । आईतबार । ईश्वी सन् २०२२ अप्रिल २४ तारिख

वि.सं.२०७९ साल वैसाख ११ गते । आईतबार । ईश्वी सन् २०२२ अप्रिल २४ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्णपक्ष । तिथि– अष्टमी, बिहान ०७ बजेर ४५ मिनेट उप्रान्त नवमी । नक्षत्र–श्रवण, बेलुकी ०८ बजेर ५२ मिनेट उप्रान्त धनिष्ठा । योग– शुभ, रातको ०१ बजेर ५८ मिनेट उप्रान्त शुक्ल । करण– कौलव, बिहान ०७ बजेर ४५ मिनेट उप्रान्त तैतिल, बेलुकी ०६ बजेर ४२ मिनेट उपान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २९ पला । लोकतन्त्र दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कर्मप्राप्तीका लागि गरिने कुनै पनि पेशा व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस