जोगिन्दरले काँग्रेसलाई सघाउन बनाए कमेडी ‘काँग्रेसमा भोट किन ?’


काठमाडौंँ । ३० बैशाखको स्थानिय निर्वाचन नजिकिदै गर्दा बिभिन्न कलाकर्मीहरुले आफु नजिकका राजनीतिक दललाई सघाउने उदेश्यले गीतसंगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले ‘काँग्रेसलाई भोट किन ?’ हास्य ब्याङ्ग्य ल्याएका छन् । उनले सार्वजनिक गरेको ‘काँग्रेसमा भोट किन ?’ हास्य ब्याङ्ग्यमा रुखमा भोट हाल्न आग्रहदेखि काँग्रेसले पहिलेदेखि पछिल्लो समयसम्म गरेको कामको चर्चा समेत गरिएको छ ।

२७ मिनेट २३ सेकेन्डको हास्य ब्याङ्ग्य नेपाली काँग्रेस निकट नेपाल साँस्कृति संघको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

नेपाल साँस्कृति संघका महामन्त्री समेत रहेका रिजालले ‘काँग्रेसमा भोट किन ? नेपाली काँग्रेसलाई चुनावमा सघाउने उदेश्यले बनाएको बताए ।

रिजाल पछिल्लो समय टेलिभिजनमा नयाँ कमेडी शो ‘जोगिन्दर मुखियाजी’ मार्फत चर्चाकमा छन् । उनले यस अगाडि निकै लोकप्रिय कमेडी शो ‘जोगिन्दर’ समेत चलाएका थिए ।

जोगिन्दर उपनामले परिचित रिजाल आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने बताउँछन् ।

https://youtu.be/-W2jG6ajap0

प्रतिक्रिया दिनुहोस