हलिउडमा डेब्यू गर्दै फरहान अख्तर


काठमाडौं, वैशाख २५ गते । बलिउड अभिनेता फरहान अख्तर हलिउड सिरिज ‘मिस मार्भल’बाट हलिउडमा डेब्यू गर्दै हुनुहुन्छ । मार्भल स्टुडियाे र डिज्नी प्लसले निर्माण गर्ने सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्ज, यास्मीन फ्लेचर, लैथ नक्ली, अजहर उस्मान, ट्राभिना स्प्रिंगरलगायतको अभिनय रहने छ ।

आगामी जुन ८ तारिखमा मिस मार्भल प्रिमियर हुने बताइएको छ । फरहान भने अहिले फिल्म ‘जिले जरा’ को तयारीमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस