फिल्म ‘ए मेरो हजुर ४’काे २५औँ दिन पूरा


काठमाडौं, वैशाख २५ गते । फिल्म ‘ए मेरो हजुर ४’ले आज प्रदर्शनको २५औँ दिन पूरा गरेको छ । यस अवसरमा निर्देशक झरना थापाले दर्शक तथा शुभचिन्तकसामु खुसी प्रकट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा २५औँ दिनपछि पनि निरन्तर फिल्म प्रदर्शनमा रहिरहेकोमा आभार प्रकट गर्नुभएको हो ।

‘आजको दिनमा पनि हाम्रो चलचित्र उपत्यकाभित्र र उपत्यकाबाहिरका मल्टिप्लेक्स अनि सिङ्गल स्क्रिन थिएटरहरूमा पुनःप्रदर्शनमा आइरहेको खबर तपाईंहरूसँग साट्न पाउँदा हामीलाई अपार आनन्द अनुभूति भइरहेको छ,’ उहाँले लेख्नुभएको छ, ‘यति धेरै साथ, माया अनि हौसलाका लागि सबैमा मनैदेखि नमन गर्दछौँ ।’

निर्माता निर्देशक दक्षिण भारतीय फिल्मका कारण चिन्तित भए पनि ‘ए मेरो हजुर ४’ ले सुरुवाती हप्ताकै सन्तोषजनक व्यापार गरेको थियो । फिल्ममा अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रीय भूमिकामा हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस