दोश्रो विवाह गर्दै बलिउड अभिनेत्री किम शर्मा


मुम्बई । बलिउड अभिनेत्री किम शर्मा दाम्पत्य सम्बन्धमा बाँधिने भएकी छिन् । नहेलेपे दहदा, लेडिज टेलर, टक डिक एन्ड ह्यारी, तुमसे आच्छा कौन, ड्याडी कुल, जिन्दगी रक्स, ताजमहल, लुटजस्ता थुप्रै फिल्मकी नायिका किमले टेनिल खेलाडी लिएन्डर पेससँग कानूनी विवाह गर्न लागेकी हुन् ।

लिएन्डर पेस र किम शर्माले आफ्नो विवाहको कुनै पनि ठूलो औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । परिवार र नजिकका साथीहरूका बीचमा, किम र लिएन्डरले सामान्य तरिकाले विवाह गर्ने भएका छन् ।

किमको यो दोश्रो विवाह भएका कारण पनि उनले धुमधामसँग गर्न नचाहेकी हुन् । यसअघि किम शर्माले सन् २०१० मा व्यापारी अली पुंजानीसँग विवाह गरेका थिए । दुवैले सन् २०१६ मा एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए । एक समय अभिनेत्री किम शर्माको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडिएको थियो । तर पछि युवराजले अर्की नायिका मन पराएपछि किमसँगको सम्बन्ध तोडिएको हो ।

अहिले किम र लिएन्डरको परिवार किम र लिएन्डरको परिवारले साधारण रुपमा विवाह गर्ने कुरामा सहमति जनाएका छन् । लिएन्डर पेस आफ्नो सम्बन्धलाई विवाहसम्म सरल र कानुनी रुपमा अघि बढाउने पक्षमा छन् ।

अदालतले विवाह गर्न स्विकृत दिएको भए पनि किम र लिएन्डरको परिवारले कानूनी विवाहको ’boutमा बोलेका छैनन् । लिएन्डर पेसका आमाबुवाले किम शर्मालाई उनीहरूको घरमा भेटेपछि कोर्ट विवाह गर्न राजी पनि उनीहरुले यो कुरालाई मिडियामा औपचारिक रुपमा खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस