सानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा, रोशाको नयाँ गीत ‘मलाई बिर्स नभनिदेउ’ को चर्चा


काठमाडौं । झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी सो सारेगम लिटिल च्याम्पियनमा सहभागी भएसँगै चर्चामा आइन् ।

सुमधुर स्वरकी गायिका रोशाको स्वरमा रहेको ‘मलाई बिर्स नभिनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाको स्वरमा सार्वजनिक भएको यो गीतले राम्रो चर्चा बटुलिरहेको छ ।

दिनेशराज पुरीको शब्द सिर्जना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोको सम्पादन लक्ष्मन चौहानले गरेका हुन्, भने निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

भिडियोमा गायिका रोशा नै फिचर छिन् । गायक सुवास पुरीको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियो म्यूजिक जक्सनबाट बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस
अर्थ
धर्म दर्शन