काठमाडौंको राष्ट्रिय सभागृह बाहिर बालेनको पक्षमा नारा : ‘सागर, बसन्ते, किस्ने, बालेनले हो जित्ने !’ (भिडिओसहित)


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र बनेका उम्मेदवार बालेन साहको पक्षमा उनका समर्थकहरुले नाराबाजी गरेका छन् ।

महानगरको मतगणना भइरहेको स्थान राष्ट्रिय सभागृह अगाडि अहिले उनका समर्थकहरुले ‘सागर, बसन्ते, किस्ने, बालेनले हो जित्ने’ भन्दै नाराबाजी गरिरहेका छन् ।

बालेनको पक्षमा देखिएको मतगणनाको प्रारम्भिक परिणामले उत्साहित बनेका उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका हुन् ।

हालसम्मको परिणाममा बालेन अघि देखिएका छन् ।काठमाडौं महानगरको एक हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मत ल्याएका छन् । जसमा गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० र एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत ल्याएका छन् ।

सिंहले ल्याएको मतभन्दा साहले २०० मतले अघि छन् । त्यस्तै राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । वडानम्बर १,२,३ र ३२ मा को मत गणना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस