इसेवा मनिट्रान्सफर तेस्रो वर्षमाप्रवेश, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजान अग्रणी भूमिका


काठमाडौं । विश्वकादुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको इसेवामनिट्रान्सफरदुई वर्ष पुरा गरि तेस्रो वर्षमाप्रवेश गरेको छ ।

२०७७ सालबैशाख ३०गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफ वान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमाआएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवामनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दाधेरै देशका ३० भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।

दुई वर्ष अघि संचालनमा आए संगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ”नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ। त्यस्तै, इसेवामनी ट्रान्सफर मार्फत ५० लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जालभएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् ।

डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले इसेवामनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउँदा सेवाग्राहीले कमशुल्कमै रेमिठट्यान्स् पठाउन पाएका छन् । त्यस्तै, यस कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।

हाल, यस कम्पनीका मुलुकभर १८हजार भन्दाधेरै संख्यामा एजेण्ट नेटवर्क रहेका छन् । इसेवा मनिट्रान्सफरमार्फत ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिट्यान्सको सेवाउपयोग गर्दै कमशुल्कमा देशभरी रेमिट्यान्स पठाउन सक्छन् । यतिमात्र नभएर देशकाहरेक क्षेत्रमा रहेका इसेवाका एक लाखभन्दा धेरै एजेण्ट नेटवर्क तथा क्यास पोइन्ट मार्फत पनि सेवाग्राहीले इसेवामनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्राप्त गरिरहेका छन् । साथै, इसेवामनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथापाउने दुवै पक्षलाई लक्षित् गर्दै आकर्षक क्यास व्याक अफरहरु सञ्चालनगर्दै आएको छ ।

दोस्रो वार्षिकोत्सवको अवसरमा इसेवा मनिट्रान्सफरका प्रमुखकार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो,“कार्य संचालनको २ वर्षमै इसेवामनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवाप्रदानगर्दै विदेशमा रहेका नेपालीहरुको मनजितेर पहिलो रोजाइबन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय,सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहकवर्गलगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहान्छु”।

आफ्नो सेवा विस्तारकाबारे कोइरालाले थप्नुभयो, “हामी आउँदा दिनहरुमा थप अन्तराष्ट्रिय साझेदारसँग समन्वयगर्दै थप नेपालीसम्म आफ्नो सेवाविस्तार गर्दै लैजानेछौँ र उनीहरुलाई रेमिट्यान्स कारोवारमा थप सुविधा पुर्याउने छौँ”।

प्रतिक्रिया दिनुहोस