स्याङ्जाको वालिङमा गाउ नै शो’क, जिप दुर्घ’टना १४ जनाको मृ’त्यु,मतदाता बोकेको जिप ख’सेपछि


स्याङजामा भएको जिप दु’र्घ’टनामा परेर मृ’त्यु हुनेको संख्या १४ पुगेको छ। उ’पचारका क्रममा थप एकजनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ। वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप दु’र्घ’टनामा परेको थियो।

जिप अनिय’न्त्रित भइ सडकबाट ५०० मिटर तल ख’सेको थियो। मृ’त्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदिप कुँवर, ५० वर्षीया डेम कुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भिमकला कुँवर छन्।

यस्तै, ७० वर्षीया मुवा कुमारी कुँवर, ४३ वर्षीया पोट कुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञान दली कुँवर, ५० वर्षीया मिना कुँवर र ५० वर्षीया फूलदेवी कुँवरको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ। जिप दुर्घ’टनामा १३ जना घा’इते भएका छन्। घाइ’तेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनीहरुको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ। घा’इते हुनेहरुमा बेल माया कुँवर, भुल वहादुर कुँवर, गौमती थापा, ज्ञान माया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर, र नेत्र वहादुर कुँवर रहेका छन्।

प्रतिक्रिया दिनुहोस