सेतीमा खसेका थापामगरको जिवितै उद्धार (भिडियो सहीत)


पोखरा महानगरपालिका ७ स्थित घारीपाटन नजिकै माछा मार्न जाने क्रममा सेती खोचमा अड्किएका विशाल थापामगरलाई सुरक्षा टोलीले जिवितै उद्धार गरिएको छ ।

 

प्युठानको गौंमुखी गाउँपालिका ३ का ३२ वर्षिय थापामगरलाई सशत्र प्रहरी बल नेपाल २४ नम्बर गण पोखराका सशत्र प्रहरी निरिक्षक भिम बहादुर क्षेत्री नेतृत्वको टोली र नेपाली सेनाको महाविर गण रेन्जरबाट खटिएको क्याप्टेन खगेन्द्र सावा नेतृत्व सँयुक्त टोलीले जिवितै उद्धार गरेको हो ।

पोखरामा ज्याला मजदुरी गर्दै आएका थापामगर स्थानीय तहको निर्वाचनका कारण शुक्रबार काम नभएपछि माछा मार्न सेती पुगेको बताइएको छ ।

 

चिप्लेर लड्दा खुट्टामा चोट लागेको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भै रहेको छ हामीले उनी संगै कुराकानी गरेका छौ कसर िभयो त यस्तो घटना आजको कार्यक्रममा भिडियो सहीत

प्रतिक्रिया दिनुहोस