१०० मतपत्र भनिएको पेटिकामा १२० मत भेटिएपछि…


कञ्चनपुर । भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो ।

सत्तारूढ दलहरूले सत्ताको चरम दुरुपयोग गरेको भन्दै वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । नेकपा एमाले, राप्रपालगायतका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पुनः निर्वाचनको माग गरेका हुन् ।

भीमदत्तमा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका महेश पन्तले वडा नम्बर २ मा पुनः निर्वाचन नहुँदासम्म अन्य वडाको मत गणनामा सहभागी नहुने बताए ।

राज्यशक्तिको दुरूपयोग गर्दै जनमतको अपमान गर्ने काम भएको भन्दै उनले पुनः निर्वाचन हुनुपर्ने माग गरेका हुन् । वडा नम्बर १ को मत गणना भने भइसकेको थियो ।

जसमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका आशेफ कुँवर निर्वाचन भएका छन् । विवादपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा राजनीतिक दल, निर्वाचन कार्यालयका अधिकारी, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका अधिकारी सहभागी छन् । file photo

प्रतिक्रिया दिनुहोस