भरतपुर महानगरमा विजय सुवेदीको ६ हजार २ सय ७२ मत


काठमाडौं । भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । १९ हजार १ सय ८३ मत गन्दा मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेद्धवार दाहालले ६ हजार ४ सय ३९ मत ल्याएकी छिन् । एमालेका उम्मेद्धवार विजय सुवेदीले भने ६ हजार २ सय ७२ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ हजार १ सय ४९ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८ सय ४९ मत ल्याएका छन् । त्यस्तै, राप्रपाकी हिमला गुरुङ ५ हजार १ सय ५२ मत ल्याएकी छिन् । मेयरमा दाहाल र सुवेदीबीच कडा टक्कर परेको छ । अहिले वडा नम्बर ५ को मतगणना भैरहेको छ।

प्रतिक्रिया दिनुहोस