सरकारको नीति तथा कार्यक्रम : सपनाविहीन, उद्देश्यविहीन, गन्तव्य विहीन र यथास्थितिवादी


काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम उद्देश्यहीन रहेको टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन सरकारको नीति तथा कार्यक्रममा कुनै उत्साह र आकर्षण नभएको पनि दाबी गरे । उनले भने,‘यो परम्परावादी छ । यसमा कुनै उत्साह छैन । यो सपनाविहीन, उद्देश्यविहीन, गन्तव्य विहीन र यथास्थितिवादी छ । यसले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्दैन ।’\

प्रतिक्रिया दिनुहोस