पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने


काठमाडौं  । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने भएका छन् । उनको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला उल्टिएपछि जेल जाने भएका हुन् ।

श्रीमती हत्याको अभियोग पुष्टि भई कोइराला जेलमा रहँदा जन्मकैद सजाय घटाएर ८ वर्ष कायम गरिएकोमा आज उल्टाइएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंक मोक्तान र कुमार चुँडालको इजलासले निर्णय उल्टाएको हो ।

यसअघि हाल निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको सजाय कम गर्ने फैसला गरेको थियो ।

रञ्जन कोइरालाले ९ वर्ष अघि पत्नी गीता कोइरालाको हत्या गरेको पुष्टि भएको थियो । उनले हत्या गरी शवलाई मकवानपुरको दामन क्षेत्रमा लगी जलाएका थिए । उक्त घटना निकै चर्चामा थियो ।

सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरालालाई उक्त संगठनको भावी आइजीपीको रुपमा हेरिएको थियो । पत्नी हत्यासँगै उनी निलम्बन हुँदै बर्खास्त भएका थिए ।-File Photo

प्रतिक्रिया दिनुहोस